IME Life New

भारतमा अब बैंकले जोखिमको स्तर अनुसार निक्षेप बीमाको शुल्क तिर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा बैंक रिजर्भ बैंक अफ इण्डियाले बैंक तथा वित्तीय संस्थाको निक्षेपको सुरक्षा प्रत्याभूतिका लागि जोखिम आधारित बीमाशुल्क प्रणाली लागू गर्ने भएको छ।

बैंकको सञ्चालक समितिले सर्वसाधारणबाट निक्षेप संकलन गर्ने बैंकको वित्तीय अवस्थाको जोखिमको आधारमा सुरक्षण (बीमा) शुल्क भुक्तानी गर्नुपर्ने गरी नयाँ प्रावधान लागू गर्ने निर्णय गरेको हो।

Esewa
Crest

नयाँ प्रावधान कार्यान्वयनमा आएपछि यसले हालको समान दर प्रणाली (प्रति १०० रुपैयाँ निक्षेपमा १२ पैसा सुरक्षण शुल्क) सम्बन्धि व्यवस्थालाई प्रतिस्थापन गर्नेछ।

निक्षेप सुरक्षणको मुख्य उद्देश्य बैंक वित्तीयरूपमा टाट पल्टिए वा संकटग्रस्त अवस्थामा पुगेमा सर्वसाधारण निक्षेपकर्ताहरूको बचतको पैसा जोगाउनु हो।

अब लागू हुने जोखिम आधारित निक्षेप सुरक्षण शुल्क प्रणालीमा बैंकहरूले निक्षेप सुरक्षण कोषमा भुक्तानी गर्नुपर्ने शुल्क तिनीहरूको जोखिममा निर्भर हुनेछ। सुरक्षित, राम्रोसँग व्यवस्थित बैंकहरूले थोरै सुरक्षण शुल्क तिर्नुपर्नेछ, जोखिमपूर्ण बैंकहरूले उच्च बीमाशुल्क तिर्नुपर्नेछ।

उदाहरणका लागि वित्तीयरूपमा सबल मानिएको स्टाण्डर्ड चार्टर्ड बैंकले थोरै शुल्क भुक्तानी गर्नुपर्नेछ भने क्षेत्रिय स्तरको वित्तीयरूपमा कमजोर बैंकले बढी सुरक्षण शुल्क भुक्तानी गर्नुपर्नेछ।

यो नयाँ प्रावधानले उचित जोखिम व्यवस्थापनलाई प्रोत्साहन गर्ने र कम लागतको साथ विवेकपूर्ण व्यवहारलाई पुरस्कृत गर्ने उद्देश्य लिएको छ। साथै यसले अत्यधिक जोखिम लिनबाट बैंकहरूलाई निरुत्साहित गरेर नैतिक जोखिम कम गर्ने रणनीति पनि समावेश गरेको छ।

भारतमा निक्षेप बीमा र क्रेडिट ग्यारेन्टी निगमले निक्षेप बीमा र क्रेडिट ग्यारेन्टी निगम ऐन, १९६१ को प्रावधान अनुसार बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको निक्षेपको सुरक्षणको प्रत्याभूती गर्छ। यो संस्था केन्द्रीय बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो।

भारतमा हाल प्रति व्यक्ति प्रति बैंक अधिकतम बीमा जोखिम बहन भारू ५ लाख(८ लाख नेपाली रूपैयाँ) छ। यस्तो बीमाका लागि लाग्ने सुरक्षण शुल्क सम्बन्धित बैंकले नै भुक्तानी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS