IME Life New

इन्स्योरेन्स खबर प्रभावः सिटी होटल्सको शेयर खरिद रद्द गर्न प्रभु क्यापिटललाई एशियन लाइफको पत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लिलामीमा राखेको सिटी होटल्सको अवितरित हकप्रद शेयर खरिद प्रक्रिया रद्द गरी रकम फिर्ता गर्न पत्राचार गरेको छ।

ऐनविपरीत एशियन लाइफले सिटी होटल्सको लिलामी शेयर उठाएको भन्ने खबर इन्स्योरेन्स खबरमा प्रकाशित भएपछि कम्पनीले यस्तो पत्राचार गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले सञ्चालक समितिले दिएको अख्तियारीभन्दा दोब्बर संख्यामा सिटी होटल्सको शेयर खरिद गरेको पाइएको थियो।

Esewa
Crest

बीमा ऐनविपरीत आफ्नै संस्थापकको कम्पनीको शेयर किन्यो एशियन लाइफले

एशियन लाइफको २०८२ साउन ११ गतेको सञ्चालक समितिको बैठकले सीईओ श्रेष्ठलाई कुनै पनि सूचीकृत पब्लिक लिमिटेड कम्पनीको अवितरित हकप्रद शेयर बोलकबोलमा बढीमा १० लाख कित्तासम्म खरिद गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको थियो । सीइओ श्रेष्ठले सञ्चालक समितिले दिएको अख्तियारीभन्दा दोब्बर बढी संख्या अर्थात् २० लाख कित्ता बोलकबोलमार्फत सिटी होटल्सको अवितरित शेयर खरिद गरेका थिए।

सिटी होटल्सको शेयर खरिद प्रकरणमा प्राधिकरणले एशियन लाईफसँग माग्यो स्पष्टीकरण

गत आइतबार बेग्ला–बेग्लै आवेदनमार्फत फरक रकम कबोल गरेर कम्पनीले प्रभु क्यापिटलमा आवेदन दिँदा सञ्चालक समितिले १० लाख कित्ता खरिद गर्ने अख्तियारी दिएको निर्णय उतार(माइन्युट) संलग्न गरेर पेस गरेको थिए । तीनवटै आवेदनमा उही भाषा र व्यहोराको सञ्चालक समितिको २०८२ साउन ११ गते दिएको अख्तियारीसम्बन्धी निर्णयको माइन्युट समावेश गरिएको थियो।

एशियन लाइफका सीईओलाई अख्तियारी १० लाख कित्ता शेयरको, खरिद २० लाख कित्ता

प्रभु क्यापिटलले आइतबार गरेको शेयर बाँडफाँट अनुसार सिटी होटल्सको अवितरित २१ लाख ५० हजार ४१८ कित्तामध्ये २० लाख कित्ता एशियन लाइफले हात पारेको थियो। कम्पनीले यो शेयर खरिद गर्नका लागि सर्वाधिक मूल्य कबोल गरेको थियो।

बीमा ऐनविपरीत आफ्नै संस्थापकको कम्पनीको शेयर किन्यो एशियन लाइफले

सञ्चालक समितिले दिएको अख्तियारीको सीमा नाघेर एशियन लाइफले गरेको यो मनलाग्दी प्रकरणको इन्स्योरेन्स खबरले समाचार प्रकाशन गरेको थियो। त्यसपछि नियामक नेपाल बीमा प्राधिकरणले पनि यस विषयमा स्पष्टीकरण सोधेको थियो।

हाल एशियन लाइफले प्रभु क्यापिटललाई पत्र पठाउँदा सिटी होटल्सको शेयर बाँडफाँट प्रक्रिया रद्द गरी पैसा फिर्ता गर्न पत्राचार गरेको छ। यो प्रकरणले एशियन लाइफको संस्थागत सुशासन निकै कमजोर अवस्थामा रहेको उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

38%
sad

दु :खी

25%
amazed

अचम्मित

13%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS