IME Life New

एशियन लाइफका सीईओलाई अख्तियारी १० लाख कित्ता शेयरको, खरिद २० लाख कित्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले सञ्चालक समितिले दिएको अख्तियारीभन्दा दोब्बर संख्यामा सिटी होटल्स लिमिटेडको शेयर खरिद गरेको पाइएको छ।

एशियन लाइफको २०८२ साउन ११ गतेको सञ्चालक समितिको बैठकले सीईओ श्रेष्ठलाई कुनै पनि सूचीकृत पब्लिक लिमिटेड कम्पनीको अवितरित हकप्रद शेयर बोलकबोलमा बढीमा १० लाख कित्तासम्म खरिद गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको थियो । सीइओ श्रेष्ठले सञ्चालक समितिले दिएको अख्तियारीभन्दा दोब्बर बढी संख्या अर्थात् २० लाख कित्ता बोलकबोलमार्फत सिटी होटल्सको अवितरित शेयर खरिद गरेका हुन्।

Esewa
Crest

बीमा ऐनविपरीत आफ्नै संस्थापकको कम्पनीको शेयर किन्यो एशियन लाइफले

गत आइतबार  बेग्ला–बेग्लै आवेदनमार्फत फरक रकम कबोल गरेर कम्पनीले प्रभु क्यापिटलमा आवेदन दिँदा सञ्चालक समितिले १० लाख कित्ता खरिद गर्ने अख्तियारी दिएको निर्णय उतार(माइन्युट) संलग्न गरेर पेस गरेको छ । तीनवटै आवेदनमा उही भाषा र व्यहोराको सञ्चालक समितिको २०८२  साउन ११ गते दिएको अख्तियारीसम्बन्धी निर्णयको माइन्युट समावेश गरिएको छ।

प्रभु क्यापिटलले आइतबार गरेको शेयर बाँडफाँट अनुसार सिटी होटल्सको अवितरित २१ लाख ५० हजार ४१८ कित्तामध्ये २० लाख कित्ता एशियन लाइफले हात पारेको छ। कम्पनीले यो शेयर खरिद गर्नका लागि सर्वाधिक मूल्य कबोल गरेको थियो।

सिटी होटल्सको शेयर खरिद प्रकरणमा प्राधिकरणले एशियन लाईफसँग माग्यो स्पष्टीकरण

सञ्चालक समितिले दिएको अख्तियारीको सीमा नाघेर मनलाग्दी गर्ने यो प्रकरणले एशियन लाइफमा संस्थागत सुशासन निक्कै कमजोर अवस्थामा रहेको पुष्टी हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS