IME Life New

बुढीगंगामा साढे २ अर्ब लागतमा निर्माणाधीन अस्पताल अर्को वर्षदेखि सञ्चालनमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम् समूहको लगानीमा मोरङ्गको बुढीगंगामा निर्माणाधीन आरआर इन्टरनेशनल अस्पताल आगामी वर्षदेखि सञ्चालनमा आउने भएको छ।

२०८० साल पुस ४ गते शिलान्यास भएर निर्माण शुरू भएको ६ तल्ले भवनसहितको यो अस्पतालको भाैतिक संरचना निर्माणमा ४० प्रतिशत प्रगती भएको छ। वित्तीय प्रगती ३१ प्रतिशत छ। अस्पताल सञ्चालकले सन् २०२६ को जुलाईदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ।

Esewa
Crest

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले अस्पतालको दीर्घकालीन ऋण सुविधालाई ‘आइआरएन बी प्लस’ र अल्पकालीन सुविधालाई ‘ए फो’ रेटिङ दिएको छ।यो दुबै रेटिङले परियोजनामा उच्च वित्तीय जोखिम रहे पनि दीर्घ अनुभव भएका प्रवर्द्धक र रणनीतिक अवस्थितिले सकारात्मक सम्भावना देखाएको उल्लेख छ।

कुल १२१ शैय्याको बहुविशेषज्ञ अस्पताल बनाउन करिब २ अर्ब ४५ करोड रुपैयाँ खर्च हुने अनुमान छ। यो रकममध्ये २५ प्रतिशतमात्र प्रवर्द्धकले स्वपूँजी लगानी गर्नेछन् । बाँकी बैंक ऋण सुविधामा निर्भर छ। प्रवर्द्धकले हालसम्म प्रतिबद्ध पूँजीको ७० प्रतिशत मात्र लगानी गरेका छन् । यो अवस्थाले पूँजी जुटाउने चुनौती अझै बाँकी रहेको संकेत गर्ने इन्फोमेरिक्स नेपालको टिप्पणी छ।

कुल ५,७५६ वर्ग मिटर क्षेत्रफल ओगट्ने यो अस्पताल सञ्चालनमा आएपछि मुटु रोग, शल्यकृया, स्त्रीरोग, एन्डोस्कोपी, अस्थिचिकित्सा, ओपीडी,आईपीडी सेवा उपलब्ध हुनेछ।

सीमावर्ती बैरगनिया नजिकै निर्माणाधीन भएकाले सीमापारका बिरामी पनि उपचारका लागि आउने अपेक्षा गरिएको छ।

अस्पताल निर्माणको चरणमै रहेकाले निर्माण ढिलाइका कारण लागत बढ्ने जोखिम कायम छ। भाैतिक प्रगती ४० प्रतिशत मात्र भएकाले समयमै काम नसकिए सेवा सुरु हुने मिति प्रभावित हुन सक्छ। यसबाहेक ७५ प्रतिशत ऋण पूँजीमा निर्भर परियोजना भएकाले अस्पताल सेवा शुरू भएपछि ऋण तिर्ने दबाब निकै बढ्ने विश्लेषण छ।

कोशी प्रदेशको राजधानी विराटनगरमा जनघनत्व राम्रो भएपनि पहिले नै सरकारी र निजी क्षेत्रबाट सञ्चालित पुराना र ठूला अस्पतालसँग सीमित बजारमा प्रतिस्पर्धा गर्न चुनाैती हुनसक्छ।

यसबाहेक अस्पतालको शुरूवाती लगानी धेरै भएकाले लगानी उठाउनै ३ देखि ५ वर्ष लाग्ने भएकाले प्रारम्भिक वर्षहरूमा नगद प्रवाह व्यवस्थापन गर्न आर्थिक रूपमा कठिन हुन सक्ने मूल्यांकन गरिएको छ।

शिवम् समूहको व्यवस्थापन र वित्तीय अनुभवबाट प्रबन्धन क्षमता बलियो हुने भएपनि तत्काल समयमै निर्माण सम्पन्न सक्ने, ऋण पूँजी जुटाउने र सेवा स्थिरता कायम गर्ने क्षमताले नै अबको सफलता निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS