IME Life New

आइपीओ अनुमति माग गर्दै थप दुई कम्पनी पुगे धितोपत्र बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग गर्दै थप दुई कम्पनीले निवेदन दिएका छन्। धितोपत्र बोर्डमा इलेक्ट्रो पावर कम्पनी र एनसी एग्रो टेक इन्डस्ट्रिजले आइपीओ अनुमति माग गर्दै निवेदन दिएका हुन्।

धितोपत्र बोर्डले अनुमति दिएमा इलेक्ट्रो पावर कम्पनीले ८१ करोड २५ लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८१ लाख २५ हजार कित्ता साधारण शेयर जारी गर्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

Esewa
Crest

यसैगरी एनसी एग्रो टेकले धितोपत्र बोर्डको अनुमतिपछि १८ करोड ७५ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री खुला गर्नेछ।

एनसी एग्रो टेकको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS