काठमाडौं । भारतीय सरकारको स्वामित्वमा रहेको पुनर्बीमा कम्पनी, जिआइसी रिले गत आर्थिक वर्षका लागि सरकारलाई लाभांशवापत १४ अर्ब ४५ करोड भारतीय रूपैयाँ(२३ अर्ब १२ करोड नेपाली रूपैयाँ बराबरको रकम) भुक्तानी गरेको छ।
गत आर्थिक वर्ष २०२४-२५ का लागि यति ठूलो रकम भारत सरकारले लाभांश पाएकाे हाे ।
भुटान र रूसमा समेत संयुक्त लगानीकाे शाखा रहेको याे पुनर्बीमा कम्पनीमा भारत सरकारको ८५.५० प्रतिशत हिस्सेदारी छ।
चालू आर्थिक वर्ष २०२४-२५ मा यो पुनर्बीमा कम्पनीले कुल ६७ अर्ब १ कराेड ३६ लाख भारतीय रूपैयाँ नाफा दर्ज गरेकाे थियाे । जसवापत शेयरधनीले प्रति शेयर १० रुपैयाँको अन्तिम लाभांश घोषणा गरेको थियो।
कुल ५०० भन्दा थोरै जनशक्ति भएकोले जिआइसीका कर्मचारीहरूको प्रति कर्मचारी नाफा आर्जन दर भारतमै सबैभन्दा उच्च छ।












