काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको ५ प्रतिशतले हुन आउने बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार हाल कायम चुक्तापुँजी २ अर्ब ९० करोड रुपैयाँको १४ करोड ५० लाख रुपैयाँबराबरको बोनस शेयर वितरण गरिनेछ।
उक्त बोनस शेयर आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

















