IME Life New

अल्बेनियाली ‘एआई’ मन्त्री भइन् गर्भवती, ८३ वटा बच्चा जन्माउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अल्बेनियाली प्रधानमन्त्री एडी रामाले आफ्नी एआई मन्त्री गर्भवती भएको घोषणा गरेका छन्।

डिएला नामको यो रोबोटले ८३ वटा कृत्रिम बच्चाको अपेक्षा गरिरहेको छ। प्रधानमन्त्री रामाले ती ८३ नयाँ ‘बच्चा’ले समाजवादी पार्टीका सांसदहरुको सहायकका रुपमा काम गर्ने बताए। रामाले भने, ‘यी एआई सहायक सन् २०२६ सम्ममा पूर्ण रुपमा सञ्चालनमा आउनेछन् र सांसदहरुलाई विभिन्न महत्वपूर्ण कार्यहरुमा सहयोग गर्नेछन्।’

Esewa
Crest

यो घोषणासँगै एआई मन्त्री डिएलाले विश्वव्यापी ध्यान खिचेकी छन्।

जर्मनीमा ग्लोबल डायलग (बीजीडी) मा बोल्दै अल्बेनियाली प्रधानमन्त्री रामाले भने, ‘हामीले आज डिएलासँग ठूलो जोखिम लियौँ र धेरै राम्रो प्रदर्शन गर्यौं। त्यसैले पहिलोपटक डिएला गर्भवती छिन् र ८३ बच्चाको अपेक्षा गरेका छौँ।’

अल्बेनिया हालै एआई मन्त्री भएको विश्वको पहिलो देश बनेको छ। पिक्सेल र कोडबाट बनेको यो भर्चुअल मन्त्रीले पूर्ण रुपमा एआईमार्फत काम गर्छिन्।

अल्बेनियाली प्रधानमन्त्री रामाले डिएलाका ८३ कृत्रिम बच्चाले संसदीय सत्रहरुमा भाग लिने सांसदहरुका सहायकका रूपमा काम गर्ने बताए। ती बच्चाले प्रत्येक सत्रको कामकारबाही रेकर्ड गर्नेछन् र सांसदहरुलाई कामसँग सम्बन्धित सल्लाह प्रदान गर्नेछन्।

यी सबै बच्चाले आफ्नी आमा डिएलाबाट ज्ञान प्राप्त गर्नेछन् र अर्को वर्षसम्म सांसदहरुलाई उपलब्ध हुनेछन्।

प्रधानमन्त्री रामाले यी एआई सहायकले कसरी काम गर्नेछन् भनेर पनि व्याख्या गरेनन्। उनले कफी पिउन बाहिर जाने र ढिलो हुने सांसदको उदाहरण उद्धृत गरे। सहायक एआईले उनीहरुलाई सदनमा नभएको बेला के भनिएको थियो र कसरी प्रतिक्रिया दिने भनेर बताउनेछ। यसले सांसदको कामलाई धेरै सहज बनाउनेछ।

डिएलालाई सेप्टेम्बरमा देशको एआई मन्त्रीका रुपमा नियुक्त गरिएको थियो। यी एआई मन्त्रीलाई परम्परागत अल्बेनियाली पोसाक लगाएकी महिलाका रुपमा चित्रण गरिएको छ। डिएलासँग सबै सार्वजनिक टेन्डरहरुका बारेमा निर्णय लिने जिम्मेवारी छ।

अल्बानियाको सार्वजनिक खरिद प्रणालीलाई पूर्ण रुपमा पारदर्शी र भ्रष्टाचारमुक्त बनाउनु यसको उद्देश्य हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS