IME Life New

लुभ्रे म्युजियम चोरी प्रकरणः दुई अभियुक्त पक्राउ, अन्यको खोजी जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेरिसको ऐतिहासिक लुभ्रे म्युजिममा भएको चोरीको घटनामा संलग्न रहेको आशंकामा दुईजना पक्राउ परेका छन्।

गत अक्टोबर १९ मा इतिहासकै सबैभन्दा चतुर र द्रुत गतिको संग्रहालय चोरीको घटना भएको थियो। निर्माणकर्मीको भेषमा आएका चोरहरुले दिनदहाडै निकै सावधानीपूर्वक योजनाबद्ध डकैती गरेका थिए। उनीहरुले ग्यालरी डी’अपोलबाट करिब ८८ मिलियन युरो (लगभग १०२ मिलियन डलर) मूल्य बराबरका फ्रान्सेली क्राउन ज्वेलरीका ८ बहुमूल्य टुक्रा चोरेर लगेका थिए।

Esewa
Crest

घटनापछि पेरिसका सरकारी वकिलको कार्यालयले करिब १०० जना अनुसन्धानकर्ताको टास्क फोर्स परिचालन गर्यो। डीएनए प्रमाण, औँठाछाप र सुरक्षा फुटेज प्रयोग गर्दै प्रहरीले चोरहरुको खोजी गर्न थाल्यो।

गत अक्टोबर २५ मा चोरीको सम्बन्धमा दुई अभियुक्त पक्राउ परेका छन्। एकजनालाई अल्जेरिया उडान गर्न खोज्दा चाल्र्स डे गाउल एयरपोर्टमा र अर्कोलाई पेरिसको उत्तरमा रहेको सीन–सेन्ट–डेनिस उपनगरबाट प्रहरी हिरासतमा लिइएको छ।

दुवैजना ३० वर्षको हाराहारीका छन् र पहिले नै कानुन प्रवर्तनलाई थाहा भएका व्यक्तिहरु हुन्। चोरीमा चार सदस्यीय टोलीको हिस्सा भएको विश्वास गरिएको छ। इन्टरपोलले चोरी भएका गहनालाई आफ्नो चोरी भएका कलाकृतिको डाटाबेसमा समावेश गरी अन्तर्राष्ट्रिय सहयोग बढाएको छ।

चोरीमा संलग्न अन्यको पनि खोजी भइरहेको पेरिस प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS