IME Life New

रुसी तेलः भारत र चीनका बारेमा ट्रम्पको यस्तो दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रुसबाट तेल खरिद ‘पूर्ण रुपमा घटाउँदै’ रहेको दाबी गरेका छन्। ट्रम्पले मलेसिया जाँदै गर्दा यस्तो दाबी गरेका हुन्।

ट्रम्पले पहिले नै रुसबाट तेल खरिद गर्दा भारतमा थप २५ प्रतिशत ट्यारिफ लगाइसकेका छन्। अब भारतले कुल ५० प्रतिशत अमेरिकी ट्यारिफको सामना गरिरहेको छ।

Esewa
Crest

राष्ट्रपति ट्रम्प एसियाको एक हप्ता लामो भ्रमणमा छन्। जसका क्रममा उनी दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन्।

एयर फोर्स वनमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘म चीनसँग रुसी तेल खरिदका बारेमा छलफल गर्न सक्छु।’ उनले भने, ‘चीनले रुसी तेलको खरिदलाई उल्लेखनीय रुपमा घटाइरहेको छ र भारतले यसलाई पूर्ण रुपमा घटाइरहेको छ।’

यसअघि अमेरिकी राष्ट्रपतिले युक्रेन युद्ध अन्त्य गर्न रुससँगको सम्झौता वार्तामा चीनको मद्दत लिन चाहेको बताएका थिए। चीन रुसको सबैभन्दा ठूलो सहयोगी हो र युक्रेन युद्धमा पश्चिमी देशहरुले लगाएको प्रतिबन्धदेखि नै रुसका लागि प्रमुख समर्थन बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS