IME Life New

भारत: छोराको मृत्यु भएको भन्दै एलआईसीबाट बीमाको ७२ लाख झ्वाम, १९ वर्षपछि खुल्यो पोल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको आगरामा करिब १९ वर्षअघि एक युवकको मृत्यु भएको भनेर भारतीय जीवन बीमा निगम (एलआईसी) भारु ७२ लाखको बीमा दाबी ठगी भएको खुलासा भएको छ। कम्पनीले उक्त नक्कली बीमा दाबी पेस गरेको आरोपमा आगरामा मुद्दा दायर गरेको छ।

बीमा कम्पनीको उजुरीपछि प्रहरीले सिहानी गेट प्रहरीचौकीमा अभियुक्तविरुद्ध मुद्दा दर्ता गरेको हो। प्रहरीले अनुसन्धान सुरु गरेको छ।

Esewa
Crest

स्थानीय अदालतको आदेशमा दायर गरिएको मुद्दामा एलआईसीका प्रबन्धकले गौतमबुद्ध नगरको भट्टा परसौलका निवासी अनिल सिंहले सन् २००३ देखि २००६ बीचमा ४ वटा बीमा पोलिसी खरिद गरेको बताए। सन् २००६ मा विजयपाल सिंहले बीमा कम्पनीलाई जानकारी गराए कि उनको छोरा अनिलको आगरामा सडक दुर्घटनामा मृत्यु भयो। त्यसपछि बीमा कम्पनीले मृतकका बुवा विजयपाललाई लगभग भारु ७२ लाख रुपैयाँ दाबी भुक्तानी गर्यो।

सन् २०२३ मा अहमदाबाद प्रहरीले अनिल सिंहलाई ठगीको आरोपमा पक्राउ गरेको थियो। त्यसपछि उनको हत्याको झुटो कथा सार्वजनिक भएको हो।

अहमदाबाद प्रहरीबाट प्राप्त जानकारीको आधारमा आगराको रकाबगंज प्रहरीचौकीमा अनिलको मृत्यु भएको मुद्दा दर्ता गरिएको थियो। सन् २००६ जुलाई ३० मा मा विजयपाल सिंह, उनका छोरा अभय सिंह र अन्य सहयोगीले मानसिक रुपमा अस्थिर युवालाई अपहरण गरे। उनीहरूले उनलाई लागूपदार्थ खुवाएर अनिल सिंहको लुगा लगाइदिए र त्यसपछि उनको कारमा आगो लगाइदिए। उनको हत्या गरे ता कि शव अनिलका रुपमा हस्तान्तरण गर्न सकियोस्।

यो सम्पूर्ण षड्यन्त्र बीमाको पैसा हडप्नका लागि रचिएको थियो। घटनापछि आरोपीहरुले शवको दाहसंस्कार पनि गरे र अनिलको मृत्युका आधारमा बीमा कम्पनीबाट दाबी प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS