IME Life New

क्यापिटल प्लसको नेपालमै पहिलो पटक ‘अनलाईन बिशेष शेयर तालिम’ नारायणगढमा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्योरेन्स खवर/चितवन: निकट भविष्यमा संचालनमा आउने तयारीमा रहेको अनलाईन शेयर कारोवार प्रणालीलाई केन्द्रित गर्दै क्यापिटल प्लस फाईनान्सियल सर्भिस प्रा. लि. ले नेपालमै पहिलो पटक ‘अनलाईन बिशेष शेयर तालिम’ चितवनको नारायणगढमा सफलतापुर्बक सम्पन्न गरेको छ ।

गत सनिबार अर्थात् बैशाख २९ चितवनको ‘होटेल रेड कार्पेट’मा सम्पन्न कार्यक्रममा सेयर बजार सम्बन्धी सामान्य जानकारी, सेयर बजारमा गरिने आधारभुत विश्लेषण र नेपाली सेयर बजारमा आउन लागेको अनलाईन कारोवार प्रणालीका बारेमा उपस्थित लगानीकर्तालाई जानकारी गराईएको थियो । कार्यक्रममा करिब १०० जनाको संख्यामा लगानीकर्ता तथा सर्बसाधारणको उपस्थिति रहेको जानकारी कम्पनीका संचालक हरु दिएका छन्  ।

Esewa
Crest

कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा युवा लगानीकर्ता तथा शेयर बजार बिलेशक-सन्तोष राज बजगाईले तालिमको सहजीकरण गर्नु भएको सो तालिमको प्रमुख अतिथिका रुपमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत-मनोज कुमार ज्ञवालीले अनलाईन कारोवार प्रणालीको सम्भावना, अनलाईन कारोवारमा जोखिमको ब्यबस्थापनका उपायहरु बारेमा सहभागीलाई जानकारी दिनु भएको थियो । साथै आफ्ना केही अनुभव पनि साट्नु भएको थियो ।

सो कार्यक्रममा चितवन स्थित बालकुमारी कलेज नारायणगढका प्राध्यापक श्री बाबुराम पन्थी, भरतपुर स्थित बिरेन्द्र क्याम्पसका प्राध्यापक श्री सुर्य नारायण पौडेल, शारदानगर सहिद स्मारक कलेजका प्रमुख श्री बशन्त सापकोटा तथा व्यवसायी बिरेन्द्र कुमार श्रेष्ठ लगायतले कार्यक्रम आयोजकलाई धन्यवाद दिदै, भविष्यमा पनि यस्ता कार्यक्रम  निरन्तरताको अपेक्षा गर्नु भएको थियो । सो कार्यक्रमको मुख्य प्रायोजन चितवनको लोकप्रिय भोजनालय बैष्णब मिष्ठान्न भण्डारले गरेको थियो ।

क्यापिटल प्लसले विगत लामो समयदेखी राजधानी बाहिरका विभिन्न शहरमा सेयर शिक्षा फैलाउदै लगानीकर्तालाई पूँजी बजारमा प्रवेश गराउन सहयोग गरेको छ, साथै यस्ता कार्यक्रमले गर्दा बाहिरपनि शेयर बजारबारे चासो राख्ने व्यक्तिहरुको बाहुल्यता बढ्दै गएको प्रस्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS