IME Life New

१० वर्षपछि भयो बीमा कम्पनीबाट भारु २५ करोड ठगी गर्ने षड्यन्त्रको पर्दाफास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०१४ को त्यो मध्यरात। भारतको गुजरात राज्यअन्तर्गत सानन्द नजिकैको सडक एउटा हृदयविदारक त्रासदीको साक्षी बन्यो। एउटा तीव्र गतिको जीप अनियन्त्रित भई पल्टियो। जसमा व्यापारी अमृत सोराठियाले घटनास्थलमै ज्यान गुमाए।

दुर्घटनामा बाँच्न सफल भएका सोराठियाका व्यापारिक साझेदार विपिन पटेलको बयान सुन्दा यो एउटा सामान्य दुर्घटना थियो। अचानक बाटो काट्ने भुस्याहा कुकुरलाई जोगाउने क्रममा गाडी चिप्लियो र पल्टियो। प्रहरीले विपिनविरुद्ध लापरबाहीपूर्वक सवारी चलाएको मुद्दा चलायो। तर, २ वर्षपछि (सन् २०१६ मा) उनले अदालतबाट सफाइ पाए। मुद्दाबारे चासो राख्दै आएका सबैलाई लाग्यो। यो अध्याय यहीँ बन्द भयो। तर, त्रासदीपूर्ण दृश्यको खरानीमुनि लोभको बीजारोपण गरिएको रहेछ।

Esewa
Crest

करोडौँको दाबी र गहिरो शंका

टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार विपिनले सफाइ पाएको केही समयपछि मृतक सोराठियाको परिवारले बीमा कम्पनीमा भारु २५ करोडभन्दा बढीको क्षतिपूर्ति माग गर्दै निवेदन हाल्यो। बीमा कम्पनीका कानुन विभागका अधिकारीहरु यो ठूलो रकम र दाबीका विवरणहरु हेरेर अचम्मित भए। उनीहरुको निधार खुम्चियो। अमृत सोराठियालाई यात्रु भनी दाबी गरिएको थियो। तर, सुरुआती प्रहरी प्रतिवेदन, घटनास्थलको मुचुल्का र साक्षीका बयानहरुमा तालमेल मिलिरहेको थिएन।

यो झुटो दाबी हो भन्ने गहिरो शंकासहित बीमा कम्पनीले हार मानेन। सन् २०१८ मा कम्पनीले गुजरात उच्च अदालतमा पुगेर दाबी गर्यो कि दुर्घटनाको सम्पूर्ण विवरण मनगढन्ते हो। उच्च अदालतले यो असामान्य मागलाई स्वीकार गर्यो र मुद्दाको सत्यतथ्य पत्ता लगाउन विशेष अनुसन्धान टोली गठन गर्न आदेश दियो।

अब एउटा सामान्य दुर्घटनाले देशकै जटिल आपराधिक अनुसन्धानका रुप लिइसकेको थियो।

झुटो मुखौटाको पर्दाफास

करिब ७ वर्ष लामो, गहन र सूक्ष्म अनुसन्धानपछि सन् २०२५ को अगस्टमा विशेष अनुसन्धान टोलीले आफ्नो प्रतिवेदन बुझायो। यस प्रतिवेदनले १० वर्ष पुरानो कथित सत्यलाई पूर्ण रुपमा उल्ट्याइदियो।

यसको निष्कर्ष चकित पार्ने थियो। दुर्घटनाको समयमा विपिन पटेलले गाडी चलाएका थिएनन्। गाडी चलाउने व्यक्ति त मृतक अमृत सोराठिया आफैँ थिए ।

सुरक्षा अधिकारीहरुका अनुसार खासमा विपिन र उनका अर्का साझेदार मैतुक पटेलले मिलेर दुर्घटनापछि एउटा सुनियोजित कथा बुनेका थिए। उनीहरुले जानी–जानी प्रहरी र अदालतमा झुटो बकपत्र गरे र नक्कली प्रमाणहरु तयार पारे । साक्षीहरुलाई गलत बकपत्र दिन लगाएर ठूलो बीमा रकम हडप्ने आपराधिक षड्यन्त्र रचेका रहेछन्।

अन्त्यमा एक दशकअघि निर्दोष देखिएका विपिन पटेल अहिले भारु २५ करोडको बीमा जालसाजीको मुख्य अभियुक्त बनेका छन्। बीमा कम्पनीले विशेष अनुसन्धान टोलीको प्रतिवेदनका आधारमा विपिन र मैतुकविरुद्ध झुठो बकपत्र, जालसाजी र षड्यन्त्र गरी ठगी गरेको गम्भीर आरोपहरुमा नयाँ जाहेरी दर्ता गरेको छ।

साझेदारीको नातालाई आपराधिक लोभमा बदलेर त्रासदीबाट फाइदा उठाउन खोज्ने यी दुई व्यक्तिलाई अब न्यायिक प्रक्रियाले पर्खिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS