काठमाडौं । भारतीय पुनर्बीमक जीआइसी रिले विश्वव्यापी रूपमा मान्यता प्राप्त रेटिङ एजेन्सी एएम वेष्टले क्रेडिट रेटिङ र इस्युअर रेटिङको पुनः पुष्टि गरेको छ।
एएम वेष्टले वित्तीय सबलता मूल्याङ्कन र दीर्घकालीन जारीकर्ता क्रेडिट मूल्याङ्कनको पुनः पुष्टि गरेको हो।
एएम वेष्टले जीआइसीको वित्तीय सबलताका लागि “एमाइनस” (उत्कृष्ट), दीर्घकालीन जारीकर्ता क्रेडिट मूल्याङ्कनको लागि “एमाइनस” (उत्कृष्ट) र भारत राष्ट्रिय स्केल मूल्याङ्कनलाई त्रिपल ए आइएन (असाधारण) को पुनः समर्थन गरेको हो। सबै मूल्याङ्कनको लागि एएम वेष्टको दृष्टिकोण स्थिर रहेको छ।

















