IME Life New

करिब १ लाख ९० हजार कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्दै जोशी हाइड्रोपावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही असोज २८ गतेबाट करिब १ लाख ९० हजार अवितरित हकप्रद शेयर बिक्रीमा राख्ने भएको छ।

कम्पनीले गत साउन १५ गतेदेखि भदौ १९ गतेसम्म आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री हुन बाँकी सर्वसाधारण समूहको १ लाख ८९ हजार ९२७ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो।

Esewa
Crest

बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

गानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि बोलपत्र आउँदो कात्तिक ११ दिउँसो ३ बजेसम्म पेस गर्नुपर्नेछ।

बोलपत्र काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटलको कार्यालयका साथै लक्ष्मी बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, हेटौँडा, पोखरा, बुटवल, वीरेन्द्रनगर (सुर्खेत) र धनगढीमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS