IME Life New

दुई दिनका लागि पूर्वनिर्धारित सम्पूर्ण बीमा अभिकर्ताका लागि अनलाइन परीक्षा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई दिनका लागि पूर्वनिर्धारित सम्पूर्ण बीमा अभिकर्ताका लागि अनलाइन परीक्षा स्थगित गरेको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै असोज १९ र २० गतेका लागि पूर्वनिर्धारित सम्पूर्ण बीमा अभिकर्ताका लागि अनलाइन परीक्षा स्थगित गरेको हो। वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, पहिरो, डुबानलगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर सरकारले आज असोज १९ गते र भोलि २० गते देशभर सार्वजनिक बिदा दिएको हो।

Esewa
Crest

यी दुई दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक सबै क्षेत्रमा सार्वजनिक बिदा दिइएको छ। यही कारणले अनलाइन परीक्षा स्थगित गर्नु परेको प्राधिकरणले स्पष्ट पारेको छ।

उक्त अवधिका नयाँ परीक्षा तालिका कार्यालय सञ्चालन भएपछि प्रकाशन गरिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS