काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सवा ६१ लाख बढी कित्ता शेयर थपिएको छ।
नेप्सेमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको १०० प्रतिशत हकप्रद शेयर सूचीकृत भएको हो। यो कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ।
कम्पनीले हालै आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरेको थियो। अब यो शेयर भोलि बुधबारबाट कारोबार गर्न मिल्छ।

















