IME Life New

‘क्यास ब्याक’ ले मक्किएको निर्जीवन बीमा क्षेत्रमा हुलदङ्गा क्षतिको बज्रपात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकहरूबीच अस्वस्थ्य प्रतिस्पर्धाका कारण ‘क्यास ब्याक’ अर्थात बीमाशुल्कको निश्चित प्रतिशत रकम बीमितलाई नै फिर्ता दिने गलत अभ्यास बीमकको लागि गलपासो बनेको छ।

तोकिएको न्यूनत्तम बीमाशुल्क दर (ट्यारिफ रेट) मै बीमालेख जारी गरेपनि सुटुक्क बीमितलाई रकम फिर्ता दिने प्रवृत्ति डरलाग्दो गरी फैलिएको छ। यही कारणले अहिले कुनै समयमा उत्कृष्ट ग्राहक सेवा, चुस्त दुरूस्त व्यवस्थापन र द्रूत दाबी भुक्तानीका लागि चिनिएका बीमकको व्यापारको हातबाट क्रमशः फुस्किंदै जान थालेको छ।

Esewa
Crest

अहिले ५ देखि १० प्रतिशतसम्म अवैध ‘क्यास ब्याक’ लेनदेन चलेको छ। यस्तो रकम दिनेले अवैध तरिकाबाट रकमको जोहो गर्ने र रकम प्राप्ती गर्नेले पनि यस्तो रकमको वैधानिक श्रोत खुलाउन नसक्ने भएकाले अन्ततः अवैध धन्दामै खर्च हुने देखिएको छ।

‘क्यास ब्याक’  का लागि दिइने खर्चको रकम विज्ञापन, विभिन्न सभा समारोह, अथिती सत्कार, कार्यालय व्यवस्थापन लगायतको शिर्षकबाट जुटाएर जोहो गरिरहेको पाइएको छ।

बीमा दाबी नपर्दाको अवस्थासम्म क्यास ब्याक वापतको नोक्सानी बीमकले थेग्न सकेपनि दाबी भुक्तानी दिनुपर्दा थोरै बीमाशुल्क बचतका कारण वित्तीय संकटमा पर्न सक्ने अवस्था देखिन्छ।

निर्जीवन बीमकहरूबीच ‘क्यास ब्याक’ को गलत अभ्यास चलिरहेको बारे सबै बीमकहरू जानकार छन् । उत्कृष्ट ग्राहक सेवा, तत्काल क्षतिपूर्ती दाबी दिंदादिंदै पनि वर्षाैदेखिको पुरानो व्यवसाय हातबाट फुस्किएसँगै प्रमुख कार्यकारी अधिकृतहरू ‘क्यास ब्याक’ नै यसको कारण हो भन्ने अनुमान गर्न चुक्दैनन् ।

प्राधिकरणले स्थलगत र गैरस्थलगत सुपरिवेक्षणका क्रममा निर्जीवन बीमकले ज्याला, पारिश्रमिक शिर्षकमा शंकास्पदरूपमा खर्च गरेको फेला पारेपछि कुनै पनि ज्याला वा पारिश्रमिक नगद नदिन २७ भदाैमा परिपत्र नै जारी गरेको छ।

निर्जीवन बीमकले घाँटी रेट्ने प्रतिस्पर्धा गर्दै अत्यन्तै सस्तो बीमा दरमा जोखिम स्वीकार्ने प्रवृतिले समग्र बीमा क्षेत्रलाई नै जोखिममा धकेल्ने देखिएपछि नेपाल बीमा प्राधिकरणले  क्यास ब्याक दिने विकृति बढेपछि न्यूनत्तम बीमाशुल्क दर निर्धारण गरेको हो। प्राधिकरणले विशेषगरी जलविद्युत परियोजनाको इन्जिनियरिङ बीमामा ठूला ठूला जोखिम अन्त्यन्तै न्यून शुल्कमा व्यहोरेर पर्याप्त पुनर्बीमा नगर्ने प्रवृत्तिमा रोक लगाउन २०७८ साल असार ६ गते देखि ‘मिनिमम प्रिमियम रेट फर नन–ट्यारिफ इन्सुरेन्स’ जारी गरेको थियो ।

‘जेन जी’ आन्दोलनका क्रममा भएको विध्वंशबाट क्षतिको आकार ठूलो भयो, र बीमक स्वयमले व्यहोर्नुपर्ने सीमाभित्रको क्षति भए, क्यास ब्याक दिंदै आएका बीमकलाइ अप्ठेरो पर्ने निश्चित छ।

निर्जीवन बीमकले गरेको प्रारम्भिक क्षति मूल्याङ्कन अनुसार, झण्डै २२ अर्ब रूपैयाँ बराबरको बीमाङ्कृत सम्पत्ति क्षतिको दाबी पर्ने अनुमान गरेका छन्। अनुमानित भन्दा वास्तविक क्षतिपूर्ती दाबी बढ्न वा घट्न सक्ने संभावना रहेको छ।

शुरूवाती दिनमा बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरूले विध्वंशको आयतन देख्दा २०७२ सालको भूकम्प भन्दा पनि ठूलो दाबी पर्न सक्ने अनुमान गरिरहेका थिए। देशैभरबाट सामाजिक सञ्जालमार्फत प्रशारण भएको विध्वंश दृश्य देखेर यस्तो अनुमान गरेका हुनसक्छ।

अप्रत्याशितरूपमा देशैभर भएको विध्वंश शायदै कसैले कल्पना गरेको थियो। यस्तै अप्रत्याशित घटना दुर्घटनाको क्षतिपूर्ती गरिदिनका लागि सम्पत्ति बीमा गरिएको हुन्छ।

बीमालेखमा तोकिएको जोखिम बहन गर्नका लागि पर्याप्त बीमाशुल्क संकलन गरेको भएपनि ‘क्यास ब्याक’ दिइ सकेपछि बीमकसँग बाँकी रहने बीमाशुल्क रकम थोरै मात्र हुन्छ। यस्तो हुँदा पर्याप्त पुनर्बीमा व्यवस्था गर्ने संभावना न्यून हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

38%
sad

दु :खी

38%
amazed

अचम्मित

0%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS