IME Life New

अफगानिस्तान भूकम्पमा ज्यान गुमाउनेको संख्या ६१० पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तालिबानको गृह मन्त्रालयले अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ६१० पुगेको जनाएको छ। मन्त्रालयका अनुसार १ हजार ३०० भन्दा बढी घाइते भएका छन्।

आइतबार राति ११ः४७ बजे अफगानिस्तानको नान्गारहार र कुनार प्रान्तमा भूकम्प गएको थियो। यसको गहिराइ ८ किलोमिटर थियो। त्यसपछि कम्तीमा ३ पटक फेरि भूकम्प गएका थियो। जसको तीव्रता ४.५ देखि ५.२ सम्म थियो।

Esewa
Crest

समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो।

भूकम्पबाट धेरैजसो क्षति कुनार प्रान्तमा भएको बताइएको छ। जहाँको लगभग ९० प्रतिशत जमिन पहाडी छ।

भूकम्प प्रभावित क्षेत्रमा जाने सडकहरु धेरै साँघुरा छन्। तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन्।

तालिबान अधिकारीहरुले आफूहरुसँग सीमित स्रोतसाधन रहेको र प्रभावित क्षेत्रहरुमा हेलिकप्टर उपलब्ध गराउन र पुग्न अन्तर्राष्ट्रिय संस्थाहरुबाट सहयोग खोजिरहेको बताएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS