IME Life New

दक्षिण कोरियाले विद्यालयका कक्षा कोठाभित्र मोबाइल प्रयोगमा लगायो प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियाले विद्यालयका कक्षा कोठाभित्र मोबाइल फोन र अन्य स्मार्ट उपकरणको प्रयोग पूर्ण रुपमा प्रतिबन्ध लगाउने भएको छ।

दक्षिण कोरियाली संसदले एउटा विधेयक पारित गर्दै यस्तो प्रतिबन्ध लगाउने तयारी गरेको हो। यससँगै दक्षिण कोरिया युवामा मोबाइलको लत र यसले अध्ययनमा पर्ने प्रभावलाई ध्यानमा राख्दै प्रतिबन्ध लगाउने देशहरुको सूचीमा सामेल भएको छ।

Esewa
Crest

यद्यपि, दक्षिण कोरियाका धेरैजसो विद्यालयले पहिले नै यो नियम लागू गरिसकेका छन्। यो प्रतिबन्ध मार्च २०२६ मा दक्षिण कोरियामा नयाँ शैक्षिक सत्रको सुरुआतदेखि लागू हुनेछ।

फिनल्यान्ड र फ्रान्सजस्ता केही देशले सीमित मात्रामा प्रतिबन्ध लगाएका छन् र यो नियम साना बालबालिकाका लागिमात्र लागू हुने विद्यालयमा लागू हुन्छ।

अर्कोतर्फ इटाली, नेदरल्यान्ड र चीनजस्ता देशले सबै विद्यालयमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS