IME Life New

सम्पत्ति शुद्धीकरण निवारणः शंकास्पद कारोबार पहिचानमा बीमकले के-के गर्नुपर्छ काम ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा कम्पनीहरुले अब शंकास्पद कारोबारको प्रतिवेदन तत्काल बीमा प्राधिकरणको पेस गर्नुपर्ने भएको छ।

प्राधिकरणले जारी गरेको सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी निर्दशन, २०८२ मार्फत यस्तो व्यवस्था गरिएको हो। अब बीमकले जाँचबुझ गरी तत्काल शंकास्पद कारोबार वा गतिविधि प्रतिवेदन वित्तीय जानकारी इकाइले जारी गरेको ‘एसटीआर/एसएआर गाइडलाइन्स’बमोजिम पेस गर्नुपर्नेछ।

Esewa
Crest

निर्देशनमा भएको व्यवस्थाबमोजिम अधिकार प्राप्त निकायले कुनै कसूरको अनुसन्धानको सिलसिलामा कुनै व्यक्ति वा संस्थाको विवरण वा सूचना माग गरेको अवस्थामा शंकास्पद देखिने नयाँ तथ्य वा विषय जानकारी प्राप्त गरेमा सोसमेत बीमकले वित्तीय जानकारी इकाइलाई अतिरिक्त सूचनाका रुपमा जानकारी दिई ग्राहक पहिचान वा सम्पुष्टि अद्यावधिक गर्नुपर्नेछ।

शंकास्पद कारोबारको पहिचान तथा प्रतिवेदनलगायतका व्यवस्था अवलम्बन गर्दा जोखिमको मूल्यांकन, ग्राहक पहिचान, कारोबार र जोखिममा आधारित प्रणालीको आधारमा गर्नुपर्ने व्यवस्था निर्देशनमा गरिएको छ।

यसैगरी निर्देशनमा शंकास्पद कारोबारलाई बीमकले प्रारम्भिक विश्लेषण गरी उच्चपदस्थ व्यक्तिहरु संलग्न रहेको भए एसटीआर/पीईपी, तथा अन्य एसटीआरमा वर्गीकरण गरी शंकास्पद कारोबार प्रतिवेदन वित्तीय जानकारी इकाइलाई दिनुपर्ने व्यवस्था गरिएको छ।

ग्राहकद्वारा शंकास्पद कारोबार गर्ने प्रयासको र निजको शंकास्पद गतिविधिको पहिचान गर्ने प्रणाली विकास गर्नुपर्नेछ। ग्राहकले कुनै शंकास्पद कारोबार गर्ने प्रयास गरेमा सोको जाँचबुझ गरी तत्काल त्यस्तो गतिविधिसम्बन्धी प्रतिवेदन वित्तीय जानकारी इकाइमा पठाउनुपर्नेछ।

जोखिमका आधारमा शंकास्पद कारोबारको पहिचानसम्बन्धी सूचक तयार गरी लागू गर्ने र यस्ता सूचकलाई समसामयिक रुपमा अद्यावधिक गर्नुपर्नेछ। प्रचलित कानुनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा बीमा प्रस्ताव स्वीकार गर्न वा व्यावसायिक सम्बन्ध स्थापना गर्न नहुने निर्देशनमा स्पष्ट व्यवस्था गरिएको छ।

सम्पत्ति शुद्धीकरण वा आतंककारी कार्यमा संलग्न रहेको भनी कुनै ग्राहकप्रति शंका लागेको तर ग्राहकको पहिचान प्रक्रिया अगाडि बढाउँदा निजले शंका गरेको विषय थाहा पाउन सक्ने देखिएमा बीमकले ग्राहक पहिचान प्रक्रिया अगाडि नबढाई शंकास्पद कारोबार वा गतिविधि प्रतिवेदन वित्तीय जानकारी इकाइमा पठाउनुपर्नेछ।

शंकास्पद कारोबारको प्रतिवेदन पठाउँदा त्यस्तो बीमकको कार्यान्वयन अधिकारीको एकाघर परिवार वा नजिकको नातेदारको विवरण पठाउनुपर्ने भएमा निजबाहेक अन्य अधिकारीबाट प्रतिवेदन पठाउने व्यवस्था मिलाउनुपर्ने व्यवस्था निर्देशनमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS