IME Life New

झापा इनर्जीको आइपीओमा स्थानीयले आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आयोजना प्रभावित स्थानीयले झापा इनर्जीको आइपीओमा आवेदन दिने आज साउन २८ गते अन्तिम दिन रहेको छ।

कम्पनीले साउन १४ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओमा स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीलाई भने गत साउन १८ गतेसम्म आइपीओ बिक्री खुला गरिएको थियो।

Esewa
Crest

कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर स्थानीयका लागि बिक्री खुला गरेको छ। स्थानीयका लागि छुट्याइएको कुल शेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटरवरपरको क्षेत्रका बासिन्दामा बाँडफाँट गरिनेछ भने बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर शिवसताक्षी नगरपालिका वडा नं ४ का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५७ लाख २ हजार ९०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५७ हजार २९ कित्ता साधारण शेयर वैदेशिक रोजागरमा रहेका नेपालीका लागि निष्कासन गरिएको थियो।

झापा इनर्जीको आइपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS