IME Life New

वैदेशिक रोजगारमा रहेका नेपालीले झापा इनर्जीको आइपीओमा आज दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारमा रहेका नेपालीले झापा इनर्जीको आइपीओमा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन रहेको छ।

कम्पनीले साउन १४ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओ वैदेशिक रोजगारमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि जारी आइपीओको निष्कासन बन्द छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गते बैंकिङ समयपछि हुनेछ।

Esewa
Crest

कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर स्थानीयका लागि बिक्री खुला गरेको छ। स्थानीयका लागि छुट्याइएको कुल शेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटरवरपरको क्षेत्रका बासिन्दामा बाँडफाँट गरिनेछ भने बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर शिवसताक्षी नगरपालिका वडा नं ४ का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५७ लाख २ हजार ९०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५७ हजार २९ कित्ता साधारण शेयर वैदेशिक रोजागरमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ। आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालबाट सी–आस्बा प्रणाली र सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

झापा इनर्जीको आइपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS