IME Life New

हकप्रदबापतको रकम जम्मा गर्न सञ्चालक र आधारभूत शेयरधनीलाई रिभर फल्स पावरको आग्रह

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रिभर फल्स पावरले आफ्ना सञ्चालक र आधारभूत शेयरधनीलाई हकप्रद शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। कम्पनी सञ्चालक समितिको साउन १३ गते बसेको बैठकले सञ्चालकलगायत आधारभूत शेयरधनीहरुलाई हकप्रद शेयरबापतको रकम जम्मा गर्न आउँदो साउन २७ गते बैंकिङ समयसम्मको समयसीमा निर्धारण गरेको छ।

Crest

तोकिएको अवधिभित्र सञ्चालकलगायत आधारभूत शेयरधनीहरुले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद शेयरबापतको प्रतिशेयर १०० रुपैयाँका दरले रकम जम्मा गर्न बैंक खाता विवरणका लागि कम्पनीमा सम्पर्क गर्न सूचनामा आग्रह गरिएको छ। यो अवधिभित्र कुनै सञ्चालकलगायत आधारभूत शेयरधनीबाट हकप्रद शेयरका लागि आवेदनसहितको रकम प्राप्त नभएमा नियमानुसार गरिने कम्पनीले स्पष्ट पारेको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजी ७० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशतले हुन आउने ७० करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। सर्वसाधारण शेयरधनीका लागि हकप्रद शेयर आवेदन खुला गर्नुपूर्व धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम कम्पनीका सञ्चालकलगायत आधारभूत शेयरधनी (चुक्तापुँजीको १ प्रतिशत र सोभन्दा बढी शेयर धारण गर्ने)ले आफूले लिनुपर्ने हकप्रद शेयरबापतको रकम बुझाउनुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS