IME Life New

कर्णाली प्रदेशको कृषि क्षेत्रको विकासका लागि राष्ट्र बैंकले देखेको चुनौती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको कृषि क्षेत्रको विकासका लागि चुनौती र सम्भावनाको सूची सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले प्रकाशन गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन अर्धवार्षिक प्रतिवेदनमा उच्च पहाडी र हिमाली भूभागमा फैलिएको कर्णालीमा कृषि क्षेत्रमा चुनौतीसँगै सम्भावना पनि रहेको औँल्याइएको हो। राष्ट्र बैंकले कर्णालीको कृषि क्षेत्रको प्रवर्द्धन र कृषि उपजको ब्रान्डिङसहित बजारीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वयको आवश्यक्ता औँल्याएको छ।

Esewa
Crest

कृषि क्षेत्रको चुनौती

१. कर्णाली प्रदेशका पहिचान एवं निर्यातयोग्य रैथाने तथा प्रांगारिक उत्पादन मार्सी चामल, चिनो, फापर, कोदो, कागुनो, कुरिलो, जुनेलो, लट्टे, सिमीलगायतका कृषि उपजहरुको संरक्षण र प्रवर्द्धन गर्दै ब्रान्डिङ गरी बजारीकरण गर्नु चुनौतीपूर्ण छ।

२. कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नका लागि आवश्यकताअनुरुप नीतिगत, प्रक्रियागत र संस्थागत सुधारहरु गर्नु चुनौतीपूर्ण छ।

३. कृषि तथा पशुजन्य उत्पादनमा हानिकारक विषादी, रसायन तथा एन्टिबायोटिक्सको प्रयोग कम गरी जनस्वास्थ्यमा पर्न जाने नकारात्मक प्रभाव कम गर्दै लैजानु चुनौतीपूर्ण छ।

४. कृषि तथा पशुजन्य वस्तुको उत्पादन, प्रशोधन र बजारीकरणलाई लागत प्रभावकारी बनाउनु कृषि क्षेत्रको व्यापारलाई सन्तुलनमा राख्नु, गुणस्तर र स्वच्छता नियमन कार्य प्रभावकारी तुल्याई नाफामूलक र प्रतिस्पर्धात्मक बनाउनु चुनौतीपूर्ण छ।

५. कृषि क्षेत्रको उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्नका लागि संघ, प्रदेश र स्थानीय तहको लगानी एवं सेवालाई थप प्रभावकारी बनाई अन्तर सरकार सहकार्य र समन्वय चुस्त बनाउनु चुनौतीपूर्ण छ।

कृषि क्षेत्रको सम्भावना

१. कृषिउपजको मूल्य निर्धारण व्यावहारिक भई सहज बजारको पहुँच हुन सकेमा यस क्षेत्रमा कृषि उद्यमको विकास गरी रोजगारीको वृद्धि गर्न सकिने उच्च सम्भावना रहेको छ।

२. स्वदेशमा बढ्दै गरेको कृषि क्षेत्रको प्राविधिक जनशक्तिलाई आधुनिक कृषि प्रणालीसँग आबद्ध गर्दै कृषि उद्यमको विकास गरी रोजगारीको वृद्धि गर्न सकिने उच्च सम्भावना रहेको छ।

३. कृषि तथा जडीबुटीजन्य कच्चा पदार्थको भण्डार भएकाले कृषि तथा जडीबुटीसम्बन्धी उद्योग सञ्चालन गरी युवाहरुलाई उद्यमी बनाउँदै रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको छ।

४. सल्यान, जाजरकोट, रुकुम पश्चिम र सुर्खेत जिल्लामा अर्गानिक अदुवा, बेसार उत्पादन गरिरहेका व्यावसायिक कृषकलाई उत्पादन तथा बिक्रीवितरणका आधारमा अनुदान उपलब्ध गराउन सकेको खण्डमा उत्पादन वृद्धि हुने सम्भावना रहेको छ।

५. हिमाली तथा उच्च पहाडी क्षेत्रहरुमा भेडा, च्यांग्रा र चौरीपालन व्यवसाय प्रवर्द्धन गर्न सकिने उच्च सम्भावना रहेको छ। यस्ता क्षेत्रमा पशुपालन व्यवसाय प्रवर्द्धन भएमा ऊन, दूध, छुर्पी र मासुको उत्पादनसमेत वृद्धि हुने देखिन्छ। अन्य पहाडी जिल्लाहरुमा व्यावसायिक बाख्रापालन र गाईभैंसीपालनको सम्भावना रहेको छ।

६. जुम्लालगायतका हिमाली जिल्लामा व्यावसायिक स्याउ, ओखरखेती तथा अन्य पहाडी जिल्लाहरु दैलेख, सुर्खेत, कालीकोट, सल्यानमा व्यावसायिक सुन्तला, केरा, आँपखेतीको उच्च सम्भावना रहेको छ।

७. प्रदेशभित्र घरेलु, कृषि तथा वन पैदावारमा आधारित उद्योगहरुको विकास र विस्तार गरी यस क्षेत्रको समग्र आर्थिक विकास गर्न सकिने सम्भावना रहेको छ।

८. कर्णालीको अधिकतम भू–भाग अझै प्रांगारिक रहेकाले उच्च मूल्य र अर्गानिक कृषिको प्रचूर सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS