IME Life New

तेह्रथुम पावर कम्पनीको १००% हकप्रद शेयर आजबाट बिक्री खुला

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । तेह्रथुम पावर कम्पनीले आज असार १६ गतेबाट आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर खुला गरेको छ।

नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावरलाई हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। योसँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गर्न लागेको हो।

Crest

यो हकप्रदमा शेयरधनीहरुले साउन ४ गतेसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनले तोकेका शाखा र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यसैगरी धितोपत्र बिक्री प्रबन्ध नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाडौं नक्सालस्थित कार्यालय, नबिल बैंकको तेह्रथुममा रहेका शाखाहरु छत्तर, म्याङ्लुङ, फेदाप र संक्रान्तिबजार तथा तेह्रथुमको मेन्छयाममा रहेको कुमारी बैंकको शाखाबाट पनि शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

तेह्रथुम पावरले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ गत जेठ ५ गते बुक क्लोज गरेको थियो। यसको अर्थ जेठ ४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन्।

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS