IME Life New

चिनियाँ सेनामा ठूलो हलचल, नौसेना प्रमुख र वरिष्ठ आणविक वैज्ञानिक बर्खास्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनको रक्षा क्षेत्रमा फेरि एकपटक ठूलो हलचल मच्चिएको छ। चीनको नौसेना प्रमुख र संसदमा एक शीर्ष आणविक वैज्ञानिकको सदस्यता समाप्त गरिएको छ।

भाइस एडमिरल ली हानजुन र लिउ शिपेङलाई राष्ट्रिय जन कांग्रेस (एनपीसी)बाट बर्खास्त गरिएको हो। ली हानजुन पिपुल्स लिबरेसन आर्मी नेवीका प्रमुख थिए र लिउ शिपेङ चाइना नेसनल न्युक्लियर कर्पोरेसनमा डेपुटी चिीफ इन्जिनियर थिए। एनपीसीको स्थायी समितिले शुक्रबार ली हानजुन र लिउ शिपेङलाई हटाउने निर्णयको बारेमा जानकारी गराएको हो।

Esewa
Crest

साउथ चाइना मर्निङ पोस्टका अनुसार ली हानजुन विगत केही महिनादेखि चीनमा सैन्य अधिकारीहरुविरुद्ध व्यापक कारबाहीको दायरामा आएका पीएलए जनरलहरुको सूचीमा पछिल्लो नाम हो। चिनियाँ राष्ट्रपति सी जिनपिङले हालैका दिनहरुमा धेरै रक्षा उद्योग अधिकारी, राजनीतिज्ञ र सैन्य अधिकारीलाई पदबाट हटाएका छन्। चिनियाँ मिडियाले चीनको रक्षा उद्योग र सेनामा भ्रष्टाचार अन्त्य गर्न यो कारबाही भइरहेको जनाएका छन्।

शुक्रबार जारी गरिएको आफ्नो विज्ञप्तिमा एनपीसीको स्थायी समितिले भन्यो, ‘नौसेना सेवा कांग्रेसले १४ औं राष्ट्रिय जन कांग्रेसको प्रतिनिधि पदबाट ली हान्जुनलाई हटाउने निर्णय गरेको छ। यसका साथै, लिउ शिपेङलाई एनपीसीको उपपदबाट हटाइएको छ।’

चीनमा सामान्यतया सेनामा परिवर्तनको कारण दिइँदैन। तर, ली र लिउलाई एनपीसीको सदस्यताबाट हटाउनुले उनीहरुमाथि गम्भीर आरोप लाग्न सक्ने संकेत गर्छ।

स्थायी समितिले भन्यो, ‘केन्द्रीय सैन्य आयोग (सीएमसी) बाट मियाओ हुआलाई हटाउन मतदान गरिएको छ। मियाओ हुआ एक पूर्व शीर्ष जनरल हुन्, जसले पीएलएको वैचारिक काम हेर्ने गर्थे। सीएमसी चीनको शीर्ष सैन्य कमाण्ड हो, जसको नेतृत्व राष्ट्रपति सी जिनपिङले गर्छन्।’

चीनमा पछिल्ला केही महिनामा सैन्य अधिकारीहरुमात्र होइन रक्षामन्त्री पनि जिनपिङको कार्यक्षेत्रमा आउँदैछन्। चीनमा पछिल्ला केही महिनामा रक्षामन्त्रीहरुको टाउकोमा डेमोक्लेसको तरबार झुन्डिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS