IME Life New

रु. ४१ करोडमा किनेको होटल मात्र रु. १८७ मा बिक्रीमा, यस्तो छ विशेष सर्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इंग्ल्यान्डको केटरिङ सहरमा रहेको १४७ वर्ष पुरानो रोयल होटल लिलामी हुन गइरहेको छ। यो होटल मात्र १ पाउन्ड (१८७ रुपैयाँ)मा बिक्री गर्न लागिएको हो। यो लिलामी जुलाई ३१ मा हुनेछ।

प्रपर्टी डेभलपर नाइम पेम्यानले यो होटललाई सन् २०२० मा ४१ करोड रुपैयाँमा किनेका थिए। उनले यसमा करिब ७१ करोड रुपैयाँ खर्च गरिसकेका छन्। पेम्यानले यसको जीर्णोद्वारमा पनि करिब १९ करोड रुपैयाँ खर्च गरेका थिए। यति धेरै पैसा खर्च गरे पनि यसको काम पूरा भएको छैन। पेम्यानसँग अब पैसा छैन।

Esewa
Crest

त्यसैले पेम्यानले यो होटललाई कुनै रिजर्भ मूल्य बिना मात्र १ पाउ१ड (१८७ रुपैयाँ) मा लिलामी गर्न लागेका छन्। यद्यपि, सर्त यो छ कि खरिदकर्ताले यो होटलको अधुरो काम पूरा गर्न थप १९ करोड रुपैयाँ खर्च गर्नुपर्नेछ।

पेमन यो होटललाई एउटा उत्कृष्ट ठाउँ बनाउन चाहन्थे। उनी यसलाई विवाह स्थल, रेस्टुरेन्ट, नाइटक्लब र क्याफे बनाउन चाहन्थे। तर, अब उनी भन्छन्, ‘मसँग पैसा सकिएको छ। त्यसैले मेरो सपना पूरा गर्न असमर्थ छ। अब सम्पत्ति खोज्नेहरुले यो भिक्टोरियन भवन केवल १ पाउन्डमा किन्न मौका पाउँदैछन्।’

यो होटलमा ४३ कोठा छन्। यसको इतिहास १४७ वर्ष पुरानो छ। रानी भिक्टोरिया र चाल्र्स डिकेन्सजस्ता सेलिब्रेटी पनि यहाँ बसेका छन्। यसमा ठूलो बलरुम, बिलियर्ड कोठा (जसमा सिसाको गुम्बज छ), पुरानो बार र धेरै कार्यक्रम स्थल पनि हुनेछन्।

पेमनले भने, ‘मैले पछिल्लो एक वर्षमा धेरै प्रयास गरेँ तर परियोजना पूरा गर्न आवश्यक पैसा जुटाउन सकिनँ। एक लगानीकर्ता ४० लाख डलर दिन तयार थिए तर मैले अस्वीकार गरेँ।’

यो होटेल सन् १८७८ मा ड्युक अफ बक्लुचले ज्याकोबियन शैलीमा निर्माण गरेका थिए। सन् १८९६ मा उनले यसलाई ब्रुअर्स पिकरिङ, फिप्स एण्ड कम्पनीलाई बेचे। चाल्र्स डिकेन्स सन् १८३५ मा नर्थह्याम्प्टनशायर चुनाव कभर गर्न मर्निङ क्रोनिकलको रिपोर्टरका रुपमा होटेलमा बसे।

सन् १८४४ मा होटेलको नाम परिवर्तन गरिएको थियो। रानी भिक्टोरिया स्ट्यामफोर्ड, लिंकन्स भ्रमण गर्दा कोठा नम्बर १२ मा बसेपछि यसलाई रोयल होटेल नामकरण गरिएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

7%
happy

खुसी

7%
sad

दु :खी

67%
amazed

अचम्मित

13%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS