IME Life New

इजरायल-इरान युद्धविरामपछि कच्चा तेलको भाउमा भारी गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इजरायल र इरानबीच युद्धविरामपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भारी गिरावट आएको छ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार ब्रेन्ट क्रुड (कच्चा तेल)को भाउ ६.१ प्रतिशतले घटेको छ। योसँगै ब्रेन्ट क्रुड प्रतिब्यारल ६७.१४ डलरमा झरेको छ।

यसैगरी डब्ल्यूटीआई क्रुडको भाउ पनि ६ प्रतिशतले घटेर प्रतिब्यारल ६४.३७ डलर कायम भएको छ। कच्चा तेलको यो भाउ इजरायल र इरानबीच युद्ध सुरु हुनुअघिको स्तरको हो।

Esewa
Crest

गत जुन १३ मा इजरायलले अप्रत्याशित रुपमा इरानको आणविक केन्द्रहरुमा आक्रमण गरेको थियो। त्यसपछि दुवै देशले लगातार १२ दिनसम्म एक–अर्कामाथि मिसायल प्रहार गरेका थिए। योसँगै कच्चा तेलको भाउ पनि लगातार बढिरहेको थियो।

यही क्रममा अमेरिकाले इरानको आणविक भट्टीहरुमा आक्रमण गरेको थियो। हाल इजरायल र इरानबीच युद्धविराम घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS