IME Life New

इतिहासकै ठूलो डाटा लिकः १६ अर्ब अकाउन्टको पासवर्ड चोरी, जुनसुकै बेला ह्याक हुने खतरा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ठूलो डाटा लिकको नयाँ घटना प्रकाशमा आएको छ। यसमा लगभग १६ अर्ब पासवर्ड लिक भएका छन्। जसले यसलाई इतिहासको सबैभन्दा ठूलो डाटा लिक बनाएको छ।

साइबर न्युज र फोर्ब्सको रिपोर्टअनुसार यो लिकका कारण अर्बौं प्रयोगकर्ताको व्यक्तिगत डाटा अब जोखिममा परेको छ। यसका कारण मानिसहरुले फिसिङ घोटाला, डाटा चोरी र खाता ह्याकिङ जस्ता समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ।

Esewa
Crest

ससुरक्षा अनुसन्धानकर्ताहरुका अनुसार यो इन्टरनेटमा वर्षौंदेखि घुमिरहेको मानिसहरुका पुरानो डाटा होइन। धेरैजसो डाटा नयाँ हो। जुन इन्फोस्टिलर्स मालवेयरमार्फत संकलन गरिएको छ।

यो मालवेयर प्रोग्रामले मानिसको डाटा गोप्य रुपमा चोर्छ। यो चोरी गरिएको डाटामा प्रयोगकर्ता नाम र पासवर्ड हुन्छन्। जुन मालवेयरले प्रयोगकर्ताको फोनबाट चोरी गर्छ र ह्याकरलाई पठाउँछ। ह्याकरहरुले यो डाटा सिधै प्रयोग गर्न सक्छन् वा डार्क वेब फोरमहरुमा बेच्न सक्छन्।

रिपोर्टहरुका अनुसार लिक भएको डाटामा विभिन्न सेवाहरुका लागि प्रयोगकर्ताको लगइन जानकारी समावेश छ। यसमा प्रयोगकर्ताको ई–मेलबाट फेसबुक, गुगल र टेलिग्रामजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा विवरण समावेश छन्। यसमा गिटहब र केही सरकारी पोर्टलमा विकासकर्ताहरुको खाता विवरणहरुका बारेमा जानकारी पनि समावेश छ।

धेरैजसो जानकारी एउटा ढाँचामा व्यवस्थित गरिएको छ। जसमा वेबसाइट लिंकहरु समावेश छन्, त्यसपछि प्रयोगकर्ता नाम र पासवर्ड। यसले साइबर आक्रमणकारीहरुलाई तिनीहरुलाई प्रयोग गर्न सजिलो बनाउँछ।

विज्ञहरुले यो डाटा लिकलाई ‘ग्लोबल साइबर क्राइमको ब्लु प्रिन्ट’ भनिरहेका छन्।

यसमा ३० ठूला डाटा सेटहरु समावेश गरिएको बताइएको छ। प्रत्येक डाटा सेटमा लाखौँदेखि अर्बाैं लगइन क्रेडेन्सियल छन्। चोरी भएका लगइन क्रेडेन्सियलको कुल संख्या १६ अर्बभन्दा बढी छ।

साइबर सुरक्षा विज्ञहरुका अनुसार प्रयोगकर्ताले यसमा तुरुन्तै प्रतिक्रिया दिनुपर्छ। ता कि उनीहरुले आफूलाई सुरक्षित गर्न सकून्। प्रयोगकर्ताले तुरुन्तै आफ्नो पासवर्ड परिवर्तन गर्नुपर्छ। यसबाहेक आफ्नो खाताहरुका लागि टु–फ्याक्टर आथेन्टिकेसन अन गर्नुपर्छ र पासवर्ड म्यानेजको प्रयोग गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS