IME Life New

इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको आयोजनामा बीमा सर्भेयर तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम “बीमा सर्भेयरको तालिम प्रदायक संस्थालाई मान्यता प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०८२” अनुसार बीमा सर्भेयर तालिम आयोजना गरेको छ । सो तालिम असार १ गतेदेखि काठमाडौँ, नक्शाल स्थित लिसारा रिसेप्सनमा प्रारम्भ भएको छ ।

यस तालिम कार्यक्रम अन्तर्गत घर, सम्पत्ति, व्यवसाय तथा इन्जिनियरिङ्ग बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमा पोर्टफोलियोमा सहभागीहरूले प्रशिक्षण प्राप्त गर्नेछन् ।

Esewa
Crest

कार्यक्रमको उद्घाटन सत्रमा इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत डा.लक्ष्मी कान्त पौडेलले सहभागी सम्पूर्ण व्यक्तित्वहरूलाई स्वागत मन्तव्य दिँदै, तालिम नेपाल बीमा क्षेत्रका अनुभवी तथा दक्ष प्रशिक्षकहरूद्वारा सञ्चालन हुने जानकारी दिए ।

त्यस्तै, नेपाल बीमा प्राधिकरणका अध्यक्ष एबम इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका संरक्षक शरद ओझाले सर्भेयर एक जिम्मेवार, मर्यादित र संवेदनशील पेशा भएकाले यसको प्रभावकारी व्यवस्थापनका लागि हालै जारी नयाँ निर्देशिकामा सर्भेयरसम्बन्धी प्रावधानहरू समावेश गरिएको जानकारी गराए ।

उनले सर्भेयरको प्रतिवेदनका आधारमा ठूला बीमा दाबी विवादहरूको समाधान हुने भएकाले पारदर्शी, निष्पक्ष र समयमै प्रतिवेदन पेस गर्नु आवश्यक रहेकोमा जोड दिए ।

उनका अनुसार, बीमा क्षेत्रलाई थप परिस्कृत, प्रमाणिक र विश्वसनीय बनाउनेतर्फ सर्भेयरहरूले विशेष ध्यान दिनु आवश्यक छ। साथै, एक सक्षम सर्भेयर बन्नका लागि प्राविधिक, कानुनी, विश्लेषणात्मक, लेखन क्षमता तथा सञ्चार कौशल अपरिहार्य हुने जानकारी समेत दिए । तालिम पश्चात नेपाल बीमा प्राधिकरणको निर्देशिकामा व्यवस्था भएअनुसार अनुसार लाइसेन्स प्राप्त गर्न सकिने कुरा पनि स्पष्ट पारे ।

इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले सञ्चालन गरेको यस तालिमले सहभागीहरूलाई आवश्यक सीपहरू विकास गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यसै अवसरमा, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका अध्यक्ष सुशील देव सुबेदीले बीमा सर्भेयर बन्नका लागि निर्देशिकामा व्यवस्था भएअनुसार तालिम अनिवार्य रहेको बताए । उनले सहभागीहरू आ–आफ्नो क्षेत्रमा विज्ञ भइसकेको भए तापनि ती विज्ञतालाई बीमा प्रणालीसँग जोड्न यो तालिम अपरिहार्य रहेको उल्लेख गरे ।

उनले थप जानकारी दिँदै सहभागीहरूले छनौट गरेको पोर्टफोलियोको आधारमा डिजाइन गरिएको पाठ्यक्रमले प्राविधिक तथा कानुनी पक्षमा आधारभूत ज्ञान प्रदान गर्ने र बाँकी ज्ञान इन्टर्नशिप तथा फिल्ड कार्यको क्रममा आर्जन हुँदै जाने स्पष्ट पारे । तालिम अन्तरक्रियात्मक हुने भएकाले बढीभन्दा बढी ज्ञान लिन सक्रिय सहभागिता जनाउन पनि उनले सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS