IME Life New

झन्डै ४ महिनापछि प्रभु बैंकले पायो अध्यक्ष, किशोरजंग कार्की चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । झन्डै ४ महिनापछि प्रभु बैंकले अध्यक्ष पाएको छ।

प्रभु बैंकको असार १९ गते बसेको सञ्चालक समितिले अध्यक्षमा सञ्चालक किशोरजंग कार्कीलाई चयन गर्ने निर्णय गरेको हो। योसँगै करिब ४ महिनादेखि रिक्त रहेको अध्यक्ष पदपूर्ति भएको छ।

Esewa
Crest

साधारण शेयरधनीको प्रतिनिधित्व गर्दै सञ्चालक समिति अध्यक्ष चुनिएका लिला प्रकाश सिटौलाको ४ वर्षे कार्यकाल २०८१ चैत २२ गते सकिएपछि प्रभु बैंकको सञ्चालक समिति नेतृत्वविहीन अवस्थामा पुगेको थियो।

प्रभु बैंकको सञ्चालक समितिले अध्यक्षको जिम्मेवारी विद्यमान सञ्चालकमध्येबाट कुनै एक जनालाई दिने विषयमा सहमति जुटाउन सकेको थिएन।

यसैगरी असार १९ गतेकै बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS