IME Life New

प्राधिकरणले गर्यो ३८ बीमकको स्थलगत निरीक्षण, कारबाहीबारे छैन जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्थलगत र गैरस्थल सुपरिवेक्षण गर्दै आएको नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८१।८२ को १० महिनामा ३८ वटा स्थलगत निरीक्षण गरेको छ।

बीमा क्षेत्रको नियमनको जिम्मेवारी बोकेको बीमा प्राधिकरणले जोखिमका आधारमा बीमकहरुमा स्थलगत निरीक्षण गरेको हो। तथ्यांकअनुसार वैशाखसम्म प्राधिकरणले ४ जीवन बीमक, १३ निर्जीवन बीमक, ३ लघु जीवन बीमकमा गरी कुल २० पटक स्थलगत निरीक्षण गरेको छ।

Esewa
Crest

प्राधिकरणका अनुसार, ५ जीवन बीमक, ४ निर्जीवन बीमक, २ पुनर्बीमक र १ लघु जीवन बीमकमा कुल १२ वटा आकस्मिक निरीक्षण गरेको छ। यो अवधिमा लघु निर्जीवन बीमकको कार्यालयमा भने प्राधिकरणले आकस्मिक निरीक्षण गरेको छैन।

प्राधिकरणका अनुसार बीमकले पेस गरेका आवधिक प्रतिवेदन, नियमित कारोबार विवरणका साथै सेवाग्राही वा अन्य नियमनकारी निकायबाट प्राप्त उजुरीका सम्बन्धमा छानबिन आवश्यक देखिएको अवस्थामा बीमकको कार्यालयमा आकस्मिक निरीक्षण गरिएको हो।

चालु आर्थिक वर्षको १० महिनामा बीमकको कारोबारमा देखिएको जोखिम, कमजोर आन्तरिक नियन्त्रण प्रणाली, सम्पत्ति शुद्धीकरण र उजुरीको छानबिनका उद्देश्यले एउटै बीमकको कार्यालयमा २ वा ३ पटकसम्म निरीक्षण गरिएको छ। प्राधिकरणले यो अवधिमा ६ जीवन बीमकको कार्यालयमा सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी विषयमा स्थलगत निरीक्षण गरेको छ।

स्थलगत निरीक्षण्पछि कैफियत देखिएका विषयमा पहिलो चरणमा प्राधिकरणले बीमकसँग लिखित स्पष्टीकरण माग्ने गरेको छ। सम्पत्ति शुद्धीकरणजस्तो संवेदनशील विषयमा बीमकको सम्बन्धित विभाग प्रमुख र प्रमुख कार्यकारी अधिकृतसमेतलाई कार्यालयमै डाँकेर लिखित वा मौखिक स्पष्टीकरणसमेत माग्ने काम गरेको छ।

अध्यक्षको तजबिजमा भर पर्छ कारबाही

बीमकबाट लिखित जबाफ आइसकेपछि विभागले रायसहितको प्रतिवेदन तयार पारेर अध्यक्षमार्फत सञ्चालक समितिमा पेस गर्ने अभ्यास रहेकोमा बीमा ऐन २०७९ ले अध्यक्षलाई नै सर्वेसर्वा कायम गरेकाले सञ्चालक समितिसमक्ष निर्णयका लागि पेस गरिने विषयवस्तु एकदमै न्यून हुन पुगेको छ।

प्राधिकरणको सञ्चालक समितिको अध्यक्षसमेत रहेका प्राधिकरणका अध्यक्ष कार्यकारी भएकाले उनले अनिच्छा गरेको विषयसँग सम्बन्धित प्रतिवेदन समितिसमक्ष पेस हुँदैन, सम्बन्धित विभागमै थन्काइन्छ। अध्यक्षले इच्छ्याएको विषयमा अध्यक्षको निर्देशनमा सिधै वा सञ्चालक समितिको निर्णयका आधारमा बीमकलाई कारबाही, नसिहत वा जरिवानासम्बन्धी निर्णय हुने गरेको छ।

प्राधिकरणले सुपरिवेक्षणसम्बन्धी तथ्यांकीय जानकारी सार्वजनिक गरे पनि कुन बीमकलाई कस्तो निर्देशन दिइयो वा कारबाही गरियो भन्ने जानकारी भने सार्वजनिक गरेको छैन।

बीमा प्राधिकरणबाट इजाजत प्राप्त कुल १४ जीवन बीमक, १४ निर्जीवन बीमक, ४ लघु निर्जीवन बीमक, ३ लघु जीवन बीमक र २ वटा पुनर्बीमक गरी ३७ वटा कम्पनी सञ्चालनमा छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS