IME Life New

दुई जलविद्युत कम्पनीको २ करोड बढी कित्ता शेयरको लकइन अवधि सकिँदै, कुन-कुनको ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २ जलविद्युत कम्पनीको २ करोड बढी कित्ता शेयरको लइकन अवधि आउँदो असारको अन्तिम साता सकिने भएको छ।

अपर सोलु हाइड्रो इलेक्ट्रिक र हिमालयन हाइड्रोपावरको कुल २ करोड ६ लाख २ हजार ७६५ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो। जसमा सोलु हाइड्रोको १ करोड १५ लाख ८१ हजार ६५० कित्ता र हिमालयन हाइड्रोपावरको ९० लाख २१ हजार ११५ कित्ता शेयर रहेको छ।

Esewa
Crest

अपर सोलु हाइड्रोको लकइन अवधि आउँदो असार २९ गते सकिँदैछ। योसँगै संस्थापक शेयरधनीको १ करोड १ लाख ९२ हजार ५०० कित्ता, कम्पनीका कर्मचारीहरुको ३९ हजार १५० कित्ता र आयोजना प्रभावित स्थानीयको १३ लाख ५० कित्ता शेयर कारोबारमा आउनेछ।

यसैगरी हिमालयन हाइड्रोपावरको लकइन अवधि आउँदो असार २७ गते सकिनेछ। लकइन अवधि सकिएपछि संस्थापक शेयरधनीको ८७ लाख कित्ता, आयोजना प्रभावित स्थानीयको २ लाख ८१ हजार ७५० कित्ता र कर्मचारीको ३९ हजार ३६५ कित्ता शेयर कारोबारमा आउनेछ।

नेपाल धितोपत्र बोर्डको नियमअनुसार कुनै पनि कम्पनीको आइपीओ बाँडफाँटको मितिले ३ वर्षसम्म संस्थापक, कर्मचारी र आयोजना प्रभावित स्थानीयको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीको हकमा नियमानुसार शेयर रोक्का रहनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS