काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले जेठ १८ गते आइतबार जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ। बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयबाट जेठ १८ गते दिनको ३ बजेबाट ४ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने जनाएको छ ।
उक्त परीक्षामा देशभरीका परीक्षार्थीहरु समावेश हुन सक्ने जनाएको छ । बीमा ऐन २०७९ अनुसार अभिकर्ताको परीक्षा लिएर मात्र बीमा इजाजतपत्र दिने व्यवस्था भए बमोजिम परीक्षा सञ्चालन गर्न लागेको हो ।


















