IME Life New

कहिलेसम्म कायम शेयरधनीले बरुण हाइड्रोपावरको हकप्रद शेयर भर्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद शेयर जारी गर्न बुक क्लोजको मिति तय गरेको छ।

कम्पनीले हकप्रद शेयर जारी गर्न जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ जेठ २१ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य हुनेछन्।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले गत जेठ ६ गते बरुण हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति दिएको थियो।।

यो कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर बिक्री गर्नेछ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS