IME Life New

माईखोला हाइड्रोपावरले १००% हकप्रद शेयर ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माईखोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद ल्याउन अनुमति मागेको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा माईखोला हाइड्रोपावरले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ।

Esewa
Crest

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७८ करोड ४३लाख १३ हजार ६०० रुपैयाँ कायम हुनेछ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS