IME Life New

बेनीघाट रोराङ गाउँपालिकामा नेपाल बीमा प्राधिकरणको बीमा अन्तर्क्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण केन्द्रीय कार्यालयको आयोजनामा आर्थिक वर्ष २०८१।८२ को कार्यक्रम बमोजिम बाग्मती प्रदेशको धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कायृक्रम जेठ ११ गते आइतबार सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पूर्ण बहादुर थापाको सरहेको थियो । कार्यक्रमको प्रमुख अतिथीमा बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलीया थिए । विशेष अतिथी बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, विशेष अतिथिमा बेनीघाट रोराङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे थिए ।

Esewa
Crest

साथै, कार्यक्रममा सहभागीमा कार्यपालिकाका सदस्यहरु, बेनीघाट रोराङ गाउँपालिकामा विभिन्न शाखामा कार्यरत शाखा प्रमुखहरु र बीमा कम्पनीका कर्मचारीहरु सहभागी थिए ।

उक्त कार्यक्रममा जनप्रतिनिधी तथा कर्मचारीहरुको सामुहिक दुर्घटना बीमा गराउन नामावली अनिवार्य हुन्छ कि हुदैन ? यस पालिकाले अनुदान दिने रकमलाई लघुबीमासँग समन्वय गरी गराउन सकिन्छ कि सकिदैन ? बीमा गर्दा सजिलै गर्न सकिने तर दावी भुक्तानी प्रकृया अलि झन्झटिलो रहेको, बीमकले क्षति भएको रकम भन्दा कम रकम दिने गरेको तथा समयमै दावी भुक्तानी रकम नदिएको गुनासोलगायतका मस्या तथा जिज्ञासाहरु राखिएको थियो ।

सो पालिकाका अध्यक्ष कृष्ण बहादुर थपलीयाले नेपाल बीमा प्राधिकरण केन्द्रीय कार्यालयले बीमा सम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम राखि दिएकोमा विशेष धन्यवाद ज्ञापन गरे ।

यस पालिकामा करिव ३४ हजार जनता मध्ये चेपाङ जातीको बाहुल्यता ४० प्रतिशत रहेको र उनीहरुको सामुहिक दुर्घटना बीमा कार्यक्रम शुरु गर्नका लागि आगामी वर्ष २०८२।८३ मा पालिका बाटनै बीमा गरिदिन बजेटमा प्रस्ताव गरिएकोले आर्थिक वर्ष देखी चेपाङ जातीको सामुहिक दुर्घटना बीमा गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

आगामी दिनमा बीमा सम्बन्धी थप कार्यक्रमको लागि बीमा प्राधिकरण तथा बीमा कम्पनीहरुसंग सहकार्य र समन्वय गरी अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

साथै बीमा प्रधिकरणका उपनिर्देशक पूर्ण बहादुर थापाले कायृक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिँदै यस पालिकाले भोलीका दिनमा जीवन बीमा तथा भौतिक सम्पत्तीको सुरक्षण गर्नका लागि बीमा उपयुक्त माध्यम भएकोले सबैलाई बीमा गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS