IME Life New

इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको सीईओमा लक्ष्मीकान्त पौडेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा लक्ष्मीकान्त पौडेल नियुक्त भएका छन्।

सिफारिस समितिले सीईओमा दरखास्त दिएका पाँचजनाको नाम आईआईएनको सञ्चालक समितिमा सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा पाँचजनामध्ये सञ्चालक समितिले लमजुङ दुराडाँडाका डा पौडेललाई सीईओमा नियुक्त गरेको हो।

Esewa
Crest

बीमा उद्योगलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित इन्स्टिच्युट पौडेलको कार्यकालमा सही नेतृत्व प्रदान गर्दै विश्वकै एउटा नमुना इन्स्टिच्युट बन्ने सञ्चालक समितिको विश्वास छ।

सिफारिस समितिले सीईओ नियुक्तिका लागि गत चैत १५ गते दरखास्त खुलाएको थियो। सीईओ पदमा पौडेलसहित काठमाडौं सिनामंगलबार सुभाष कोइराला, ललितपुर हरिसिद्धिका सुजन सुवेदी, काठमाडौं पक्नाजोलका बुद्धकाजी श्रेष्ठ र धुम्बाराहीका नारायणकुमार भट्टराई दरखास्त दिएका थिए।

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा बढुवा भएको केही समयपछि सुशीलदेव सुवेदी आईआईएनको सीईओबाट बाहिरिदिएका थिए। कार्यकारी निर्देशकमा बढुवा हुनुअघि सुवेदी २०८० साउन १ गतेदेखि आईआईएनको सीईओको जिम्मेवारीमा थिए।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक आईआईएनको सञ्चालक समितिको पदेन अध्यक्षका रुपमा रहने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS