IME Life New

नेपाल बीमा प्राधिकरणद्वारा बीमा प्रतिबिम्ब प्रकाशन गर्न सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य मुख्य तथ्यांकहरूको विश्लेषण सहितको मासिक तथ्यांक संस्करण बीमा प्रतिबिम्ब प्रकाशन गर्न शुरू गरेको छ । बीमा कम्पनीहरूको वित्तीय अवस्था, बीमा पहुँच, बीमा दाबी, दाबी फछ्र्यौट, बीमालेख संख्या, बीमाशुल्क संकलन लगायत बीमा क्षेत्रका प्रमुख सूचकहरूको अध्ययन गरी विश्लेषणात्मक तथ्यांक संस्करण मासिक रूपमा प्रकाशन गर्न शुरू गरिएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको पारदर्शिता, जवाफदेहिता तथा नीतिनिर्माणका लागि आधार तयार हुने अपेक्षाका साथ मासिकरूपमा बीमा क्षेत्रको विश्लेषणात्मक तथ्यांक संस्करण प्रकाशन गर्न शुरू गरिएको जानकारी दिए ।

Esewa
Crest

अध्यक्ष ओझाले बीमा क्षेत्रको विश्लेषणात्मक तथ्यांक संस्करणबाट बीमक, नीतिनिर्माता, अनुसन्धानकर्ता र आम नागरिकलाई बीमा क्षेत्र सम्बन्धी समग्र जानकारी प्राप्त हुने र यसको नियमित प्रकाशनबाट बीमा क्षेत्रमा भएका प्रगति, विद्यमान चुनौती तथा नीतिगत आवश्यकताहरू पहिचान गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्मको मासिक तथ्यांक संस्करणमा यस अवधिमा जारी भएका बीमालेख संख्या, बीमाशुल्क संकलन, दाबी भुक्तानी विवरण, समर्पण तथा व्यतित विवरण, बीमकका शाखा कार्यालय तथा कर्मचारी संख्या, बीमकको लगानी विवरण, कूल बीमालेख संख्या, बीमाशुल्क संकलन र सोल्भन्सी अनुपात लगायतका विवरण समावेश गरिएका छन् ।

यसैगरी, चालू आर्थिक वर्षको चैत मसान्तमा नेपाल बीमा प्राधिकरणबाट सम्पादन भएका काम कार्यवाही सहित मुख्य मुख्य उपलब्धीहरू बीमा क्षेत्रको विश्लेषणात्मक तथ्यांक संस्करणमा समावेश गरिएका छन् । जसअनुसार, प्राधकरणबाट नियामकीय काम कारवाही, दाबी उजुरी दर्ता तथा फछ्र्यौट, बीमकहरूको स्थलगत निरिक्षण, सम्पत्ति शुद्धीकरण निवारणका लागि भएका कार्य र बीमालेख स्वीकृति लगायतका मुख्य मुख्य विषयहरू विश्लेषणात्मक संस्करणमा समावेश गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS