काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हिमालयन रिइन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि जेठ ११ गते आइतबार बुकक्लोज गर्दैछ। त्यसकारण नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको ४.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ९३३ रुपैयाँ ६९ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका ९७५ रुपैयाँ ७१ पैसाको आधारमा मूल्य समायोजन गरेको हो ।
यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

















