IME Life New

पहलगाममा आतंककारी हमलाः जोखिममा पर्यटकीय क्षेत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाले विश्वको ध्यान खिचेको छ। हरेक वर्ष लाखौँ पर्यटक आफ्नो परिवारसँग बिदा मनाउन र जीवनका केही सुन्दर क्षण सिर्जना गर्न जाने ठाउँमा यस्तो घटना घट्छ भनेर कल्पना पनि गर्न सकिँदैनथ्यो। आतंककारीले एक नेपालस्हित २६ जनाको पहिचान सोधेपछि हत्या गरे। ज्यान गुमाउनेमा अधिकांश पर्यटक थिए।

कसैको भर्खरै विवाह भएको थियो। कोही पैसा जम्मा गरेर परिवारसँग खुसीका क्षण बिताउन त्यहाँ गएका थिए। तर, उनीहरुलाई आतंककारीहरुको आक्रमणबारे कुनै जानकारी थिएन। यस घटनाप्रति जम्मु कश्मीरदेखि विश्व नै आक्रोश छ।

Esewa
Crest

यस आतंकवादी हमलाबाट जम्मू–कश्मीरमा शान्ति र स्थिरतालाई ग्रहण लागेको देखिन्छ। त्यहाँ तीव्र गतिमा विस्तार भइरहेको पर्यटन उद्योगलाई अहिले ठूलो धक्का लागेको छ। कश्मीर जाने बारेमा मानिसहरुमा डर उत्पन्न भएको छ।

यो आक्रमणले कश्मीरका सबै क्षेत्रहरुलाई असर गर्न सक्छ। विशेषगरी पर्यटनमा बढी प्रभाव पर्न सक्छ। त्यहाँ होटल, कम्पनी खोल्ने र फलफूल व्यवसाय गर्ने मनसाय राख्ने लगानीकर्ताको विश्वास डगमगाउन सक्छ। यसले वर्षौंको कडा परिश्रमपछि स्थिर भएको कश्मीरको आर्थिक प्रगतिलाई धक्का लाग्न सक्छ। यतिमात्र होइन कश्मीरका जनताको आम्दानीमा पनि गहिरो असर पर्न सक्छ।

कश्मीरको जीडीपीमा ७–८ प्रतिशत योगदान पुर्याउँछ। आर्थिक सर्वेक्षण र बजेट कागजातमा पर्यटन क्षेत्रका लागि कुनै खास तथ्यांक छैन। तर, २.६५ लाख करोड रुपैयाँको जीडीपीसँग पर्यटनको वार्षिक मूल्य करिब २१ हजार करोड रुपैयाँको बीचमा छ।

पहलगाममा भएको आतंकवादी हमला त्यतिबेला भएको थियो जब पर्यटकीय सिजन उत्कर्षमा थियो। यस आक्रमणका कारण मानिसले आफ्नो यात्रा रद्द गरेका छन्। विशेष गरी पूर्वी भारतबाट आउने पर्यटक अधिकतम ३०% पश्चिम बंगालबाट आउँछन्। सन् २०२० मा ३४ लाख पर्यटक आएका थिए भने सन् २०२४ मा यो संख्या बढेर २ करोड ३६ लाख पुग्यो थियो। यसमा ६५ हजार विदेशी पर्यटक पनि सामेल थिए। सन् २०२५ को सुरुआतमा पनि राम्रो रह्यो। श्रीनगरको ट्युलिप गार्डेनमा २६ दिनमा ८ लाख १४ लाख पर्यटकले भ्रमण गरेका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS