IME Life New

नाै महिनामै युएईमा २२६ जना नेपाली श्रमिक यूवकको गुमनाम मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतमा आतंककारी हमलामा एक नेपाली यूवकसहित ४० जनाको ज्यान गएको घटनाले दक्षिण एशिया तरंगित छ। आतंककारी घटनाको चाैतर्फी विरोधका बावजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो चुनावी प्रचार अभियान जारी राखेका छन् ।

रूपन्देहीका यूवकको अनाहकमै ज्यान गएकोमा अहिले देश शोकमा छ। यो त, चर्चामा आएका मृत्युको घटना हुन् । तर नेपाली यूवा श्रमिकहरू प्रत्येक दिनजसो विदेशी भूमिमा गुमनाम मृत्युवरण गरिरहेका छन् ।

Esewa
Crest

विदेशमा श्रम गरिरहेका यूवाले पठाएको विप्रेषण आम्दानीबाट नेपालको अर्थतन्त्र र व्यापार घाटाको खाडल थेगिएको छ।विप्रेषण आम्दानीले नेपालको कुल गार्हस्थ उत्पादनमा झण्डै १३ प्रतिशतको योगदान दिएको छ।

विदेशमा अकालमै ज्यान गुमाएकाहरूमध्ये अधिकांश ज्यान जोगाउन सकिने अवस्थामा मृत्युवरण गर्न बाध्य बनाइएका यूवा हुन् । सरकारले उनीहरूको ज्यान जोगाउन संवेदनशील हुनसके अझै दक्षता बढाएर रेमिट्यान्सवापतको आम्दानी बढाउन सक्ने प्रचुर संभावना भएपनि उदासिन रहँदै आएको छ।

युएईस्थित नेपाली दूतावासले जारी गरेको विवरण अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा मासिक कम्तीमा २५ जना यूवकले ज्यान गुमाएका छ्न् । यो तथ्यांक गत आर्थिक वर्ष २०८०/८१ भरको औसतको तुलनामा निक्कै बढी हो। गत आर्थिक वर्षमा प्रति महिना औसत १९ जनाको नेपालीको मृत्यु भएको थियो ।

युएईस्थित नेपाली दूतावासले जारी गरेको विवरण अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा संयुक्त अरब इमिरेट्स (युएई) मा मृत्यु हुने नेपाली नागरिकको संख्या २२६ पुगेको छ ।साउनमा ३० जना, भद्रमा ३२ जना, असोजमा ३३ जना, कार्तिकमा ३५ जना, कार्तिकमा ३५ जना, मंसिरमा २४ जना, पुषमा १३ जना, माघमा २५ जना, फाल्गुनमा १७ जना र चैत्रमा १७ जना नेपाली श्रमिकको मृत्यु भएको हो। दूतावासका अनुसार प्रत्येक महिना कम्तीमा २५ जनाको र मृत्यु भएको छ। गत आर्थिक वर्षमा, युएईमा कुल २३१ नेपालीले ज्यान गुमाए।

विदेश जानु अघि नै सरकारले आवासीय तालिमको प्रबन्ध नगर्दा कार्यस्थलको जोखिमबारे थाहा नहुने, मरूमूभीको वातावरण र माैसमबारे ज्ञान नहुने अवस्थामा अनाहकमा नेपाली यूवाहरू मारिनुपरेको छ। सरकार, यस्ता हृदयविदारक घटनाहरूलाइ नदेखे झैं गर्छ। मृत्यु हुनेहरूको संख्या वर्षेनी बढ्दै गएपनि संघीय सरकार होस् वा प्रदेश सरकारले केन्द्र वा प्रदेशमै यूवाहरूलाइ पर्याप्त प्रशिक्षण र कार्य स्थल सुरक्षा सम्बन्धमा तालिम प्रशिक्षण र अभिमूखीकरणको कार्यक्रम सञ्चालन गर्न चासो देखाएका छैनन् ।

खाडी मुलुकमा श्रमका लागि गएका नेपालीहरू मृत्यु हुनुको प्रमुख कारणहरूमा सडक दुर्घटना र कार्यस्थलमा हुने दुर्घटना हो। सडकमा पैदल यात्रा गर्दा बाटो काट्ने सामान्य जानकारी समेत नहुँदा अनाहकमै ज्यान गुमाएका हुन् । यसबाहेक कार्य स्थलमा सुरक्षितरूपमा कसरी हेटमेलट, ज्याकेट, डोरी, पञ्जा लगायतका उपकरणहरू प्रयोग गर्ने र सावधानी अपनाउने भन्ने बारे पर्याप्त प्रशिक्षण नहुँदा पनि कार्यस्थलमा ज्यान गुमाउन बाध्य हुन्छन् । अर्को तर्फ तापक्रममा हुने उतार चढाव र उच्च गर्मीका कारण रक्तचाप बढ्न गएर हृदयघात र मुटुसँग सम्बन्धित अन्य अवस्थाले पनि ज्यान लिने गर्छ। हृदयघातबाट मृत्यु भएकाहरू अधिकांश निदाएको बेलामा मृत्यु भएको पाइएको छ।

२० औंपटक मन्त्री र पटक पटक श्रम तथा रोजगार मन्त्री भइसकेका शरद सिंह भण्डारी विशिष्टीकृत मन्त्री भइसकेपनि वैदेशिक रोजगारीमा रहेका श्रमिकको कथा फेरिएको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS