IME Life New

हङकङमा ज्येष्ठ नागरिक र बालबालिकाको यात्रा बीमाको लाभमा कटौती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हङकङमा ज्येष्ठ नागरिक र बालबालिकाले यात्रा बीमामा पाउने लाभ कटौती गरिएको छ।

ग्राहक परिषदले हालै गरेको सर्भेका क्रममा यस्तो पाइएको हो। परिषदका अनुसार ज्येष्ठ नागरिक र बालबालिकाका लागि जारी १० यात्रा बीमा योजनामध्ये ९ वटाको औषधि खर्च र दुर्घटना क्षतिपूर्तिबापत दिने अधिकतम लाभ घटाइएको पाइएको छ।

Esewa
Crest

विशेषगरी ज्येष्ठ नागरिक र बालबालिकाले एकल यात्रा बीमा योजनामा पाउने रक्षावरण र लाभमा निकै फरक देखिएको सर्भेबाट खुलेको छ। सर्भेका क्रममा हङकङका ११ वटा बीमकले जारी गरिरहेको २७ वटा यात्रा बीमाको अध्ययन गरिएको थियो। यो अध्ययन गत फेब्रुअरी र मार्च दुई महिना गरिएको थियो।

यात्रा बीमाका केही योजनामा ७५ प्रतिशतसम्म लाभ घटाइएको सर्भे प्रतिवेदनमा जनाइएको छ। ‘केवल ३ वटा यात्रा बीमा योजनामा पूर्ण लाभ प्रदान गर्न ज्येष्ठ नागरिकसँग उच्च बीमाशुल्क लिएको पाइएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘ती योजनामा बीमाशुल्क २७ प्रतिशतदेखि ३६ प्रतिशतसम्म बढाइएको छ।’

सर्भेपछि परिषदले ज्येष्ठ नागरिक र बालबालिकाले यात्रा बीमा योजना लिँदा लाभ सुविधाबारे सचेत भएरमात्रै लिन सुझाव दिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS