IME Life New

एप्पल र मेटामाथि युरोपेली संघको ठूलो कारबाही, रु. १ खर्ब बढी जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युरोपेली संघ (ईयू)ले एप्पल र मेटामाथि ठूलो जरिवाना लगाएको छ।

ईयूले दुवै कम्पनीलाई ७० करोड युरो (लगभग १ खर्ब ८ अर्ब ८५ करोड रुपैयाँ) जरिवाना लगाएको हो। एप्पललाई ५० करोड युरो (लगभग ७७ अर्ब ७५ करोड रुपैयाँ) र मेटालाई २० करोड युरो (लगभग ३१ अर्ब १० करोड रुपैयाँ) जरिवाना गरिएको छ। यो जरिवाना ईयूको एन्टी ट्रस्ट नियामकले लगाएको हो।

Esewa
Crest

ईयूको जरिवानापछि अमेरिका र युरोपबीचको सम्बन्ध पनि प्रभावित हुन सक्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरुलाई जरिवाना लगाउने देशहरुमाथि ट्यारिफ लगाउने धम्की दिइसकेका छन्।

यो जरिवाना डिजिटल बजार ऐनअन्तर्गत लगाइएको हो। यो कानुनले बजारमा ठूला कम्पनीहरुको प्रभुत्वको बीचमा साना खेलाडीहरुको प्रवेश सुनिश्चित गर्दछ। यस अवस्थामा एप्पलले ईयूको जरिवानाविरुद्ध अदालतमा चुनौती दिने जनाएको छ।

एप्पलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजको निर्णय युरोपेली आयोगद्वारा एप्पललाई अनुचित रुपमा लक्षित गरिएको अर्को उदाहरण हो। यो हाम्रा प्रयोगकर्ताहरुको गोपनीयता र सुरक्षा र उत्पादनका लागि हानिकारक तथा हामीलाई हाम्रो प्रविधि निःशुल्क दिन बाध्य पार्ने कार्यहरुको शृंखलाको अंश हो।’

टाले पनि ईयूको निर्णयको आलोचना गरेको छ। कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ईयूले सफल अमेरिकी व्यवसायहरुलाई अपांग बनाउन खोजिरहेको छ, जब कि चिनियाँ र युरोपेली कम्पनीहरुलाई फरक–फरक मापदण्डअन्तर्गत काम गर्न अनुमति दिइँदैछ।’

मेटाले भन्यो, ‘यो जरिवानाका बारेमा होइन ईयूले हामीलाई व्यापार मोडेल परिवर्तन गर्न दबाब दिइरहेको छ। मेटामा अर्बौं डलरको शुल्क लगाएर निम्नस्तरको सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS