IME Life New

ट्यारिफ घोषणाप्रति विश्वका नेताहरु चिन्तित, अस्ट्रेलियाले भन्यो-‘यो मित्रले गर्ने काम होइन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्यारिफ घोषणा गरेपछि विश्वका धेरै देशका नेताहरुले प्रतिक्रिया दिएका छन्।

स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले भने, ‘हामी बढ्दो व्यापारमा बाधा पुर्याउन चाहँदैनौँ। हामी व्यापार युद्ध चाहँदैनौँ। हामी अमेरिकासँग व्यापार र सहयोगको बाटोमा फर्कन चाहन्छौँ। ता कि दुवै देशका जनताले राम्रो जीवन बिताउन सकून्।’

Esewa
Crest

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान दुक सुले विश्वव्यापी व्यापार युद्धको वास्तविकतालाई स्वीकार गर्दै यस व्यापार संकटसँग जुध्न सरकारले आफ्नो सबै क्षमता प्रयोग गर्नुपर्ने बताए।

कोलम्बियाकी विदेशमन्त्री लौरा साराबियाले देशका उद्योग र निर्यातकर्तालाई जोगाउनका लागि आफूहरु यसतर्फ हेरिरहेको बताइन्। ब्राजिल सरकारले अमेरिकाले लगाएको ट्यारिफका बारेमा एक विज्ञप्ति गर्दै राष्ट्रिय हितको रक्षा गर्न विश्व व्यापार संगठनको सहारासहित द्विपक्षीय व्यापारमा पारस्परिकता सुनिश्चित गर्न सबै सम्भावित कदमहरुको मूल्यांकन गरिरहेको उल्लेख गरेको छ।

अमेरिकाले दक्षिण कोरियामा २५ प्रतिशत र कोलम्बिया र ब्राजिलमा १० प्रतिशत कर लगाएको छ।

यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ट्यारिफ ‘अप्रत्याशित नभएको’ तर ती ‘पूर्ण रुपमा अनुचित’ भएको बताएका छन्। उनले भने, ‘ट्यारिफ घोषणा गर्नुमा कुनै तर्क छैन। यो अस्ट्रेलिया र अमेरिकाको साझेदारीको विरुद्धमा जान्छ। यो मित्रले गर्ने काम होइन।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS