IME Life New

एक वर्षमा २ ट्रिलियन डलरले बढ्यो विश्वका धनाढ्यहरुको सम्पत्ति, थपिए २४७ नयाँ अर्बपति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फोर्ब्सले सन् २०२५ का लागि विश्वका अर्बपतिको सूची सार्वजनिक गरेको छ। यो वर्ष अर्बपतिको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

अहिले विश्वमा कुल ३ हजार २८ अर्बपति छन्। गत वर्षको तुलनामा यस वर्ष २४७ अर्बपति बढी छन्। यी सबै अर्बपतिसँग कुल १६.१ ट्रिलियन डलरको सम्पत्ति छ। यो रकम गत वर्षको तुलनामा २ ट्रिलियन डलर बढी हो।

Esewa
Crest

अर्बपतिको सूचीमा अमेरिका सबैभन्दा अगाडि छ। अमेरिकामा ९०२ अर्बपति छन्। ५१६ अर्बपतिसहित चीन दोस्रो र २०५ अर्बपतिसहित भारत तेस्रो स्थानमा छ। मुकेश अम्बानी भारत र एसियाका सबैभन्दा धनी व्यक्ति हुन् भने उनी विश्वमा १८ औँ स्थानमा छन्। रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानीको कुल सम्पत्ति ९२.५ अर्ब डलर छ।

भारतमा अर्बपतिको संख्या केही बढेको छ। गत वर्ष २०० अर्बपति थिए। जुन अहिले बढेर २०५ पुगेको छ। ती सबैको कुल सम्पत्ति ९४१ अर्ब डलर छ। गत वर्ष यो संख्या ९५४ अर्ब डलर थियो।

विश्वका धनीहरुको सूची हेर्दा एलन मस्क शीर्ष स्थानमा छन्। उनले एक वर्षमा आफ्नो सम्पत्ति झन्डै दोब्बर बनाएका छन्। मार्क जुकरबर्ग दोस्रो स्थानमा पुगेका छन्। जेफ बेजोस तेस्रो नम्बरमा छन्। यो सूचीमा एलन मस्क (३४२ अर्ब डलर), मार्क जुकरबर्ग (२१६ अर्ब डलर), जेफ बेजोस (२१५ अर्ब डलर), ल्यारी एलिसन (१९२ अर्ब डलर), बर्नार्ड अर्नाल्ट (१७८ अर्ब डलर), वारेन बफेट (१५४ अर्ब डलर), ल्यारी पेज (१४४ अर्ब डलर), सर्गेई ब्रिन (१३८ अर्ब डलर), अमानसियो ओर्टेगा (१२४ अर्ब डलर), स्टिभ बाल्मर स्टेरोन (११८ अर्ब डलर) सम्पत्ति रहेको छ। यस सूचीमा शीर्ष १० धनाढ्यमध्ये ८ अमेरिकी छन्। फ्रान्सका बर्नार्ड अर्नाल्ट र स्पेनका अमान्सियो ओर्टेगाले मात्रै शीर्ष १० भित्र स्थान बनाउन सकेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS