IME Life New

कोभिड र रुस-युक्रेन युद्धको भविष्यवाणी गर्ने सलोमेले दिए तेस्रो विश्वयुद्ध हुने चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तेस्रो विश्वयुद्ध संसारमा जुनसुकै बेला सुरु हुन सक्छ। यसका लागि परिस्थितिहरु तयार भइरहेका छन् र विश्व यसको छेउमा पुगेको छ।

जीवित नोस्ट्राडेमस भनिने भविष्यवक्ता एथोस सलोमेले यो भविष्यवाणी गर्दै चेतावनी दिएका छन्। यी ब्राजिलियन मनोवैज्ञानिक यसअघि कोभिड–१९ महामारी र युक्रेन–रुस युद्धको सही भविष्यवाणी गरेर चर्चामा आएका थिए। त्यसपछि उनलाई जीवित नोस्ट्राडेमस भनेर चिनिन्छन्।

Esewa
Crest

मिरर रिपोर्टका अनुसार सलोमेले अब तेस्रो विश्वयुद्धको भविष्यवाणी गरिसकेका छन्। सलोमेले विभिन्न घटनामा प्रलयको संकेत देखेको र जुन अन्ततः ठूलो घटनामा परिणत हुने बताएका छन्। उनले यो परम्परागत युद्धबाट नभई हाइब्रिड युद्ध र तोडफोडको मिश्रणबाट सुरु हुने दाबी पनि गरेका छन्।

३८ वर्षीय सलोमेले लाटभिया र स्विडेन बीचको समुद्रीतटमा राखिएको अप्टिकल फाइबर केबलमा भएको क्षतिलाई औँल्याउँदै यो सानो हर्कतले धेरै ठूला कालो शक्तिहरुको खेलको संकेत हुनसक्ने दाबी गरे।

सलोमेले हालैका विश्वव्यापी घटनाक्रमले खतरनाक भूराजनीतिक ढाँचालाई संकेत गरेको बताएका छन्। उनका अनुसार खतरनाक विश्वव्यापी संकट आउँदैछ र मानिसहरुलाई ती संकेतमा ध्यान दिन जरुरी छ। ‘तिनीहरुले ठूला रणनीतिक ढाँचाहरु बनाउनका लागि तिनीहरुलाई एकसाथ जोडेर भिन्न घटनाहरुको विश्लेषण गर्छन्। बाल्टिक सागरमा अदृश्य युद्ध चलेको छ’, सलोमेले भने, ‘सन् २०२३ केबल नेटवर्क विफलताले फिनल्यान्डभरि सञ्चार प्रणालीलाई असर गरेको थियो।’

सलोमेले ती अवरोधहरुले गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएका छन्। उनले आधुनिक सञ्चार पूर्वाधारका लागि समुद्रमुनि रहेका केबललाई अत्यावश्यक रहेको र ती संरचनाहरु ध्वस्त भएपछि डिजिटल ब्ल्याकआउट सिर्जना हुने पनि बताएका छन्। ‘यसले सैन्य क्षमतालाई खतरामा पार्छ र ठूलो आर्थिक अस्थिरता पनि निम्त्याउँछ’, उनले भने।

सलोमेका अनुसार इतिहासले पहिले नै देखाएको छ कि ठूला द्वन्द्वहरु पृथक घटनाहरुले ट्रिगर गर्न सकिन्छ। ‘पहिलो विश्वयुद्ध एक आर्कड्युकको हत्यासँगै सुरु भएको थियो’, उनले भने, ‘दोस्रो विश्वयुद्ध पोल्यान्डको आक्रमणबाट सुरु भयो।’

सलोमेले दक्षिण चीन सागरमा बढ्दो तनावलाई पनि औँल्याएका छन्। ‘भविष्यमा चीन र अमेरिकाबीच द्वन्द्व बढ्न सक्छ’, उनले भने। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS