IME Life New

अमेरिका र युरोपविरुद्ध रुसको ‘स्याडो वार’, तेस्रो विश्व युद्ध सुरु भएको हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकास्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस)ले आफ्नो प्रतिवेदनमा विश्वको ठूलो हिस्सा अहिले युद्धमा फसेको जनाएको छ। सीएसआईएसले रुसले अमेरिका र युरोपविरुद्ध छाया युद्ध (स्याडो वार) सुरु गरेको दाबी गरेको छ।

रुसले अमेरिका र युरोपविरुद्ध साइबर आक्रमण, तोडफोड र जासुसी गरिरहेको प्रतिवेदनमा उल्लेख छ। यसको उद्देश्य युक्रेनलाई पश्चिमी देशहरुबाट प्राप्त हुने सहयोगलाई कमजोर पार्नु हो। सीएसआईएसको यो दाबीपछि विज्ञहरुले विश्वको ठूलो हिस्सा तेस्रो विश्वयुद्धमा फसेको मान्न सकिन्छ कि भनेर प्रश्न गरेका छन्। एकातिर प्रत्यक्ष युद्ध छ भने अर्कोतिर छाया युद्ध छ, जसलाई सीएसआईएसले उल्लेख गरेको छ।

Esewa
Crest

प्रतिवेदनका अनुसार पछिल्लो समय युरोपमा सैन्य आधारमा विस्फोट, सरकारी ई–मेल ह्याक गर्ने र समुद्रमुनिका केबल काट्नेजस्ता घटना बढेका छन्। विशेषगरी २०२२ देखि (युक्रेन युद्ध सुरु भएपछि) युरोपमा यस्ता आक्रमण तीनगुणा बढेका छन्। रुसको यो कदम युक्रेनका सहयोगीहरुलाई धम्की दिनका लागि भएको विज्ञहरुले चेतावनी दिएका छन्। यस्तो अवस्थामा यदि युक्रेनमा रुस बलियो भयो भने स्थिति झनै खराब हुन सक्छ।

सीएसआईएसका अनुसार रुसको छाया युद्ध नाटोका सहयोगी र विश्वव्यापी सुरक्षाका लागि खतराको घन्टी हो। रुसले ऊर्जा ग्रिड र यातायात सञ्जालजस्ता महत्वपूर्ण पूर्वाधारलाई लक्षित गर्दैछ। यसले उत्तर अमेरिकासँग जोडिएका प्रणालीहरुलाई जोखिममा पार्न सक्छ।

सीएसआईएसले कोजी बियरजस्ता समूहहरुले अमेरिकी एजेन्सीहरुमा साइबर हमला गरेको जनाएको छ। यसले क्यानाडाका संस्थाहरुलाई पनि असर गर्न सक्छ। क्यानडाले युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउँदै आएको छ। यस्तो अवस्थामा क्यानडाले पनि साइबर आक्रमणको सामना गर्नुपर्ने हुन सक्छ। यी आक्रमणले क्यानाडाको चुनाव वा पूर्वाधारलाई लक्षित गर्न सक्छन्।

रुसले हाइब्रिड युद्ध विधिहरु प्रयोग गर्न सक्छ। यसमा क्यानाडाजस्ता देशहरुमा हस्तक्षेप समावेश छ। अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता कटौती गरेको छ। यसले ट्रान्स एट्लान्टिक गठबन्धनमा दबाब बढाउँदैछ र रुसको आक्रमणलाई जवाफ दिन गाह्रो बनाउँदैछ।
प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिप्रति पनि चिन्ता व्यक्त गरिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको राम्रो सम्बन्धको ट्रम्पको चाहनाले युक्रेनलाई समर्थन कम हुने प्रतिवेदनमा उल्लेख छ। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS