IME Life New

चीनमाथि अमेरिकाको ठूलो एक्सन, तेल प्रशोधन केन्द्रमा लगायो प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाले इरानमाथि दबाब बढाउँदै चीनको एउटा तेल प्रशोधन केन्द्रमा प्रतिबन्ध लगाएको छ। चीनको यो प्रशोधन केन्द्रले हुथीहरुसँग सम्बन्धित जहाजबाट लगभग ५० करोड डलरको इरानी तेल किन्ने गरेको थियो।

अमेरिकाको वित्त मन्त्रालयले उक्त तेल प्रशोधन केन्द्रमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो। चीनले भने अमेरिकाको यो प्रतिबन्धको कडा आलोचना गरेको छ। चीनले अमेरिका चीन र इरानबीचको सामान्य व्यापार बाधा पुर्याएको दाबी गरेको छ।

Esewa
Crest

अमेरिकाको यो कदमले ग्लोबल इनर्जी मार्केट निकै जटिल रुपमा भूराजनीतिक संघर्षसँग जोडिएको प्रस्ट देखाउँछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अधिकतम दबाब बनाउने रणनीति फेरि सुरु गरेको छ। यसका लागि अमेरिकाले इरानका थुप्रै मानिस र संस्थाहरुमा प्रतिबन्ध लगाएको छ। यसमा इरानका इन्धनमन्त्री पनि समावेश छन्।

अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले इरानी तेल चिनियाँ प्रशोधन केन्द्रले किन्नु इरानी शासनका लागि आर्थिक जीवनरेखा भएको दाबी गरेका छन्। ‘यो शासन विश्वमा आतंकवादको सबैभन्दा ठूलो समर्थक हो’, उनले भने।

विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले यो प्रतिबन्ध राष्ट्रपति ट्रम्पको अधिकतम दबाब अभियानअन्तर्गत लगाइएको बताइन्। ‘यसको उद्देश्य इरानको तेल निर्यात शून्य गर्नु रहेको छ’, उनले भनिन्।

चीन इरानी तेलको सबैभन्दा ठूलो आयातकर्ता हो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS